५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा सवारी दुर्घटना घट्दैः चालु वर्षमा ४५८ दुर्घटना



अ+ अ-

काठमाडौं । जिल्लामा सवारी दुर्घटना हुने क्रम घट्दै गएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवमा सवारी दुर्घटना घट्दै गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आवमा ४५८ वटा सवारी दुर्घटना भएका छन् ।

कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक अनिल थापाका अनुसार ती दुर्घटनामा परी ८१ जनाको मृत्यु भएको छ भने ८६८ जना घाईते भएका छन् । तीमध्ये ८४ जना गम्भीर घाइते भएका छन् भने ७८४ जना सामान्य घाइते भएका उनले जानकारी दिए ।

मृत्यु हुनेमा ५६ पुरुष, २२ महिला र तीन जना बालबालिका रहेका उनले जानकारी दिए  । यहाँ भएका दुर्घटनामा ६८० वटा सवारीसाधन परेका छन् । तीमध्ये सबैभन्दा बढी ४०८ वटा मोटरसाइकल रहेका प्रहरी निरीक्षक थापाले बताउनुभयो । गत आवको सोही अवधिमा जिल्लामा ७७२ वटा सवारी दुर्घटना भएका थिए ।

ती दुर्घटनामा एक हजार १८७ वटा सवारीसाधन परेका थिए । ती सवारीसाधनमा मोटरसाइकल ५९० रहेका कार्यालयको तथ्याङ्कमा उल्लेख छ । प्रहरी निरीक्षक थापाका अनुसार ती दुर्घटनामा परी ८९ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ७३ पुरुष, १५ महिला र एक जना बालबालिका रहेका जनाउँदै उहाँले गम्भीर घाइते १३८, सामान्य घाइते एक हजार २२७ जना रहेका बताए  ।

जिल्लामा सबैभन्दा बढी दुर्घटनाभित्री सडकमा हुने गरेको प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिए । उनका अनुसार भित्री सडकमा २४४, पूर्वपश्चिम राजमार्गमा ११२ दुर्घटना भएका छ । नारायणगढ-मुग्लिन सडकखण्ड, पृथ्वी राजमार्ग र सहरी क्षेत्रका सडकमा १०२ वटा दुर्घटना भएका उनले जानकारी दिए ।




भर्खरै