१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

सन् २०२५ मा ९ सय रोहिंग्या शरणार्थीको मृत्यु

सन् २०२५ मा ९ सय रोहिंग्या शरणार्थीको मृत्यु
अ अ+ अ-

काठमाडौं । सन् २०२५ मा समुद्री मार्गबाट भाग्ने क्रममा नौ सय रोहिंग्या शरणार्थीहरूको मृत्यु भएको संयुक्त राष्ट्रसङ्ले जनाएको छ ।

सन् २०२५ मा अन्डमान सागर र बङ्गालको खाडीमा रोहिंग्या शरणार्थी वोकेका जहाजह दुर्घटना हुदाँ उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका प्रवक्ता बाबर बलोचले जेनेभामा पत्रकार सम्मेलनमा बताए ।

युएनएचसीआरको तथ्याङ्कअनुसार यो यस क्षेत्रका लागि सबैभन्दा घातक वर्ष सन् २०२५ रहेको उनले बताए । उनले गत वर्ष खतरनाक समुद्री पार गर्ने प्रयास गरेका छ हजार ५०० भन्दा बढी रोहिंग्याहरूमा हरेक सातमध्ये एक जना बेपत्ता भएकोे रिपोर्ट गरिएको उल्लेख गरे।

रोहिंग्याहरूले हरेक वर्ष सहज जीवन यापनको खोजीमा खतरनाक समुद्री यात्रा गर्दा मानव बेचबिखन नेटवर्कहरूद्वारा सञ्चालित डुङ्गाहरूमा यात्रा गर्ने गरेको जनाइएको छ ।

अधिकांश रोहिंग्या शरणार्थीहरू अनुमति दिए पछि स्वेच्छिक, सम्मानजनक र सुरक्षितरुपमा म्यानमार फर्कन चाहेको उनले बताए ।

यसैबीच, कोषको अभावले बङ्गलादेशमा मानवीय सहायतामा कमी आउदा शिविरहरूमा असुरक्षा र शिक्षा र जीविकोपार्जनमा सीमित पहुँचले शरणार्थीहरूलाई खतरर तिर धकेलेको उनलेे बताए। युएनएचसीआरको तथ्याङ्कअनुसार हालैका वर्षहरूमा त्यस्ता सिमाहरू गर्ने प्रयास गर्नेहरूमध्ये आधाभन्दा बढी महिला र बालबालिका थिए ।

केहि दिन अघि अन्डमान सागरमा करिब २८० रोहिंग्या शरणार्थी र बङ्गलादेशी आप्रवासी बोकेको डुङ्गा दुर्घटना भएको खबर सार्वजनिक भएको केही दिनपछि उनको टिप्पणी आएको हो । बङ्गलादेशी अधिकारीहरूले नौ जनालाई उद्धार गरिएको बताएका छन् । जहाज दुर्घटना हुँदा “अनुमानित २५० जना बेपत्ता“ भएको उनलेे बताए ।