२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा एक पुरुषको शव फेला



अ+ अ-

काठमाडौं । धनुषामा एक पुरुषको शव फेलापरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाका अनुसार बटेश्वर गाउँपालिका–४ स्थित बाँसघारीमा एक पुरुषको शव फेला परेको हो । शव बटेश्वरकै स्थानीय ६० वर्षीय जगतबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज सोही वडाका जगदीश रविदासको बाँसघारीमा थापाको शव फेलापरेको हो । मृतकका छोरा अमित थापाका अनुसार उनी बुधबार साँझदेखि घरबाट बेपत्ता भएका थिए । बेपत्ता हुनुअघि उनले मादक पदार्थ सेवन गरेको जानकारी दिइएको छ ।

शव फेलापरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका आधारमा अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । शवको प्राकृतिक मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।