२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमसहित मनाइँदै



अ+ अ-

काठमाडौं । ३१औँ राष्ट्रिय वन्यजन्तु सप्ताहा विभिन्न कार्यक्रमसहित मनाइँदै छ । यही वैशाख १ गतेदेखि सुरु भएको सप्ताह चितवन राष्ट्रिय निकुञ्ज तथा सरोकारवालाहरूले विभिन्न कार्यक्रमहरूसहित मनाइरहेका छन् ।

यसै क्रममा आज सिमसार तथा नदी सरसफाइ गरिएको छ । सौराहादेखि गोलाघाटसम्म र नारायणी नदीको पश्चिमी किनार क्षेत्र सरसफाइ गरिएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।

सिमसार क्षेत्र र नदी सरसफाइले वन्यजन्तुका लागि आवश्यक पानीको परिपूर्ति गर्ने भएकाले हरेक वर्ष वन्यजन्तु सप्ताहमा यो कार्यक्रम गरिँदै आएको उनले बताए  ।

यस्तै वैशाख १ गते निकुञ्जको कार्यालयमा झण्डा फेर्ने र सरसफाइ गरिएको, वैशाख २ गते चरा अवलोकन, ३ गते प्लाष्टिक निषेधित क्षेत्र घोषणा कार्यान्वयनसम्बन्धी सरोकारवालाहरूसँग छलफल गरिएको थियो ।

५ गते शनिबार मानव वन्यजन्तु सहअस्तित्वसम्बन्धी छलफल तथा अन्तक्र्रिया, ६ गते आइतबार विद्यालयस्तरीय चित्रकला प्रतियोगिता तथा वन्यजन्तुवाट टुहुरा बनाइएका बालबालिकालाई छात्रबृत्ति प्रदान र अन्तिम दिन ७ गते सोमबार वन्यजन्तु बासस्थान व्यवस्थापनसम्बन्धी स्थलगत जागरण तथा अन्तक्र्रिया गरिने छ ।

यस्ता कार्यक्रमहरूले वन्यजन्तु संरक्षणमा समुदायको भूमिकाका बारेमा जानकारी दिँदै संरक्षणमा टेवा पुग्ने उनले बताए । उनका अनुसार वन्यजन्तु सप्ताहले वन्यजन्तु र सिमसार क्षेत्रले मानव जीवनमा पार्ने प्रभावका बारेमा ज्ञान दिँदै संरक्षण जुट्न मद्दत पुग्नेछ ।

सप्ताहका क्रममा नेपाल जोलोजिकल सोसाइटी बागमती प्रदेश र वीरेन्द्र बहुमुखी क्याम्पस प्राणीशास्त्र विभागले आज प्रभातफेरी गरेको छ ।

भरतपुर–१० रमाइलोचोकबाट निस्किएको प्रभातफेरी दीपेन्द्रचोक, सिनर्जी चोक, पूर्णिमा चोक हुँदै पुनः रमाइलो चोकमा पुगेर सम्पन्न भएको वीरेन्द्र क्याम्पसका सहायक क्याम्पस प्रमुख किशोर घिमिरेले बताए ।