५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि मन्त्री चौधरी र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनकी निर्देशक हुआ याङबिच भेटवार्ता पहिराले विभिन्न राजमार्गको यातायात सेवा आंशिक प्रभावित सांसदका स्वकीय सचिवको दरबन्दी र सुविधा परिमार्जन, सभामुखले तीन जना राख्न पाउने वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अनलाइन उजुरी प्रणाली शुरु, अब घरबाटै उजुरी दिन सकिने मध्यपूर्व युद्ध विस्तार गर्ने हुथीको धम्की पछि इरानद्वारा अमेरिकी सैन्य सुविधा केन्द्रित आक्रमणमा वृद्धि झापा र पूर्वी पहाडी जिल्लामा तटबन्ध आन्तरिक राजस्व कार्यालय तुलसीपुरले ४ अर्ब ३० करोड बढी राजस्व सङ्कलन तयारी पोशाक उद्योगका समस्या र सुधारका उपायबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्दै एकताको घोषणासहित सुरु भएको एनआरएनए अमेरिकाको साधारण सभा निष्कर्षविहीन, सहमतिका १४ बुँदामै विरोध उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन भण्डारी हिरक जयन्ती व्यवस्थित रूपमा मनाउनेबारे एमालेमा गहन छलफल



अ+ अ-

काठमाडौं ।  पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मदन भण्डारी फाउण्डेशनका पदाधिकारी तथा भानुभक्त ढकालसहित नेकपा (एमाले)सँग आबद्ध जनसंगठनका प्रमुखहरूबीच मदन भण्डारी हिरक जयन्ती भव्य र व्यवस्थित रूपमा मनाउने विषयमा गहन छलफल भएको छ।

छलफलमा आगामी असार १४ गते पर्ने हिरक जयन्तीलाई प्रभावकारी, सन्देशमूलक र जनसहभागितामूलक बनाउनेबारे विभिन्न सुझावहरू प्रस्तुत गरिएको थियो।

कार्यक्रममा सहभागिहरूले मदन भण्डारीको विचार, योगदान र राजनीतिक दर्शनलाई नयाँ पुस्तासम्म पुर्‍याउने गरी विविध कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

यस अवसरमा राष्ट्रिय स्तरदेखि स्थानीय तहसम्म समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने, जनसंगठनहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने तथा स्मरणीय र परिणाममुखी गतिविधिहरू अघि बढाउने विषयमा समेत सहमति जुटाइएको जनाइएको छ।