काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मदन भण्डारी फाउण्डेशनका पदाधिकारी तथा भानुभक्त ढकालसहित नेकपा (एमाले)सँग आबद्ध जनसंगठनका प्रमुखहरूबीच मदन भण्डारी हिरक जयन्ती भव्य र व्यवस्थित रूपमा मनाउने विषयमा गहन छलफल भएको छ।
छलफलमा आगामी असार १४ गते पर्ने हिरक जयन्तीलाई प्रभावकारी, सन्देशमूलक र जनसहभागितामूलक बनाउनेबारे विभिन्न सुझावहरू प्रस्तुत गरिएको थियो।
कार्यक्रममा सहभागिहरूले मदन भण्डारीको विचार, योगदान र राजनीतिक दर्शनलाई नयाँ पुस्तासम्म पुर्याउने गरी विविध कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
यस अवसरमा राष्ट्रिय स्तरदेखि स्थानीय तहसम्म समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने, जनसंगठनहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने तथा स्मरणीय र परिणाममुखी गतिविधिहरू अघि बढाउने विषयमा समेत सहमति जुटाइएको जनाइएको छ।











