२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ



अ+ अ-

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २४ जनालाई पक्राउ गरेको छ ।

स्थानीय टोखा नगरपालिका–८ बानियाटारबाट ब्राउनसुगरसहित दुई, भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट एक, कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट एक र सोही उपमहानगरपालिकाको त्रिनगर ब्यारेलबाट एक जनालाई पक्राउ गरिएको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीको गोदावरी नगरपालिका–१ बाट खैरो हेरोइनसहित एक, चितवनको रत्ननगर नगरपालिका–११ बटर टोलबाट एक, रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ हात्तीसुडबाट दुई, झापाको कनकाई नगरपालिका–३ सुरूङगाबाट पाँच र सोही नगरपालिकाको टप्पु चोकबाट दुई जनालाई पक्राउ गरिएको छ ।

यसैगरी, मोरङको विराटनगर महानगरपालिका–११ बाट दुई, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट दुई र दाङको राप्ती गाउँपालिका–१ बाट दुई जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई बिहीबार पक्राउ गरिएको हो ।