२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी र युएईसँग सहकार्य विस्तारबारे छलफल



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) का राजदूतले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयलका अनुसार दुवै देशका राजदूतहरूले मन्त्री खनाललाई बुधबार उहाँको कार्यकक्षमा भेट गर्नुभएको हो । साउदी राजदूत फहद मोहम्मद ए. मनिख्रसँगको भेटमा दुई देशबीचको सहकार्यलाई अझ विस्तार गर्ने तथा नेपालको सामाजिक–आर्थिक विकासका विभिन्न क्षेत्रमा साउदी लगानी आकर्षित गर्ने विषयमा छलफल भएकोे थियो ।

त्यसैगरी, युएईका राजदूत अब्दुल्ला अल शाम्सीसँगको भेटमा नेपाल–यूएईबीचको दीर्घकालीन सम्बन्ध सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।

उहाँहरूबीच आर्थिक साझेदारी अभिवृद्धि, नयाँ सहकार्यका क्षेत्र पहिचान गर्ने तथा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा सहयोग बढाउने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।