१३ श्रावण २०८३, बुधबार
,
Latest
प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत पोखरा प्राज्ञ प्रतिष्ठानको कुलपतिमा प्रतीक्षा निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छः प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही, लिए पद तथा गोपनीयताको शपथ मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधिबीच भेटवार्ता, बालविवाह अन्त्य र महिला–बाल अधिकार संरक्षणमा जोड चितवनकाे देवघाटमा शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट गोल्डकप फुटबल: सम्राट स्पोर्टिङ फाइनलमा



अ+ अ-

मोरङ।  विराट गोल्ड कप फुटबलको ३८औँ संस्करण अन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा  सम्राट स्पोर्टिङ क्लब विराटनगर फाइनलमा प्रवेश गरेको छ ।

विराट गोल्डकप फुटबल ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा भएको आजको खेलमा सम्राटले चर्च व्वाइज युनाइटेड क्लब काठमाडौँलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । सम्राट स्पोर्टिङका लागि सौरभ तामाङ, आदित्य शाक्य र विवेक राईले गोल गरेका थिए ।

खेलको प्लेयर अफ दी म्याच सम्राट स्पोर्टिङका सौरभ तामाङ घोषित भई रु ११ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा  नेपाल र भारतका गरी आठ टोली सहभागी थिए ।

विराटनगर गोल्डकपको विजेताले रु ११ लाख, उपविजेताले  रु पाँच लाख, उत्कृष्ट प्रशिक्षकले रु १५ हजार, उत्कष्ट गोल रक्षकले रु १५ हजार, सर्वाधिक गोलकर्ताले रु १५ हजार तथा सर्वोकृष्ट खेलाडीले रु ५१ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार प्रतियोगिताको फाइनल खेल शनिबार सम्राट स्पोर्टिङ र झापा–११ बीच हुने छ । रासस




भर्खरै