६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँको ऋषिङमा दुई पुल निर्माण



अ+ अ-

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिकामा दुई पुल निर्माण सम्पन्न भएका छन् । ऋषिङ –५ र ७ जोड्ने फलामे र ऋषिङ–४ र ७ जोड्ने झोलुङ्गे पुल बनेका हुन् ।

गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले औपचारिक रूपमा दुवै पुलको शुभारम्भ गर्नुहुँदै यसले स्थानीय विकासमा दीर्घकालीन योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

ऋषिङ–५ का वडाध्यक्ष बुद्धिमान रानामगरले एनजिओ नेटवर्क तनहुँमार्फत दुई वटा पुल निर्माण गरिएको जानकारी दिए ।

उनका अनुसार फलामे पुलको लागत रु ३२ लाख र झोलुङ्गे पुलको लागत रु ३४ लाख रहेको छ । एनजिओ नेटवर्क तनहुँका महासचिव राजेश्वर हड्खलेले पुल निर्माण पश्चात् विगतमा खोलानाला पार गर्दा भोग्नुपरेको जोखिम हट्ने र वर्षायाममा समेत सहज आवागमन हुने बताए  ।

यसअघि स्थानीयले खोलाखोल्सी पार गर्न जोखिमपूर्ण अस्थायी संरचना वा वैकल्पिक लामो बाटो प्रयोग गर्नुपर्दथ्यो । पुल सञ्चालनमा आएपछि गाउँबीचको दूरी घट्नुका साथै कृषि उत्पादन ओसारपसार, बजार पहुँच, स्वास्थ्य सेवा तथा शैक्षिक गतिविधिमा सहजता आउने उपभोक्ता समितिका अध्यक्ष केशरबहादुर थापाले जानकारी दिए ।