१३ श्रावण २०८३, बुधबार
,
Latest
अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलेको बगर, अहिले आम्दानीको स्रोत



फाइल फोटो
अ+ अ-

दाङ। दाङको लमही नगरपालिका–४ सिम्रहवा निवासी ४९ वर्षीया सनकुमारी चौधरी हाल राप्ती नदीको बगरमा खरबुजा फलाउन व्यस्त हुनुहुन्छ । नदीले कटान गरेर बगर बनाएको ठाउँमा बेमौसमी तरकारीखेती गरेर आम्दानी लिन थालेको उहाँले बताउनुभयो ।

सोही ठाउँकी सीता चौधरीले यहाँ खरबुजा खेती गरिरहनुभएको छ । उहाँले करिब दुई बिघा बगरमा खरबुजाखेती गरेको बताउनुभयो ।

सनकुमारी र सीता मात्रै होइन, बलरामपुर गाउँका करिब दुई सय किसान यतिखेर बालुवामा खरबुजा फलाउन व्यस्त छन् । “पहिला नदीले सबै जमिन कटान गरेर बिचल्ली नै पा¥योे”, सीताले भन्नुभयो, “हाल त्यही बगरमा तरकारी र खरबुजाखेती गरेर परिवार पाल्न र घर खर्च चलाउन थालेका छौँ ।”

कुनै बेला राप्ती नदी पसेर बगरमा परिणत भएको बलारामपुरमा हाल पौरखी किसानले मेहनत गरेर आम्दानी गरिरहेका छन् । त्यहाँ खरबुजा तथा तरकारी लटरम्म फलाएर किसानले आर्थिक उपार्जन गरिरहेका छन् ।

“बीस वर्ष पहिले राप्ती नदीमा ठूलो बाढी आयो, घर, अन्नपात, गाई, भेडा सबै बगायो । हामी घर छोडेर भाग्यौँ र सिम्रहवामा गयौँ । पछि राप्ती नदीले आफनो धार परिर्वतन ग¥यो,” सीताले भन्नुभयो, “त्यही बाढीले लगेको जमिन करिब दश वर्षसम्म त बगर नै थियो । पछि सबैले  सल्लाह गरेर यहाँ बगरखेतीको गरिरहेका छौँ ।”

सुरुआतमा एउटा संस्थाले बीउ तथा मल सहयोगपछि बगरखेती गर्न थालिएको थियो । तीन वर्षसम्म खासै आम्दानी नभए पनि हाल छैटौँ वर्षमा राम्रो आम्दानी हुन थालेको सनकुमारीको भनाइ छ ।

बगर सुनसान ठाउँमा छ । बस्ती नभएकाले यस ठाउँमा चोरी हुने डरले प्रत्येक किसानले फुसको छानो भएका घर निर्माण गरेका छन् । प्रचण्ड गर्मीको प्रवाह नगरी किसानले तिनै टहरामा रात बिताउने गरेका छन् ।  रासस