२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो



अ+ अ-

तनहुँ। तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मस्र्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।

दुई दिन अगाडि नुहाउने क्रममा बेपत्ता भएका स्थानीय टीका मगरको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार र सशस्त्र प्रहरी बल मनकामना गणको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा शव भेटिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

बेपत्ताको खोजी कार्यका लागि सोमबारदेखि नै समूह परिचालन गरिएको थियो । रासस