४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

सामाजिक सुरक्षाभत्ता वितरणमा ढिलाइ हुँदा वृद्धवृद्धा हेरेको हेरै

सामाजिक सुरक्षाभत्ता वितरणमा ढिलाइ हुँदा वृद्धवृद्धा हेरेको हेरै
अ+ अ-

सिमकोट । जिल्लाका वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु सरकारले दिने सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन । सात गाउँपालिका रहेको हुम्लामा दशैँ अगाडि नै सरकारले दिने सामाजिक सुरक्षाभत्ता वितरण अहिलेसम्म हुनसकिरहेको छैन । जिल्लाको चङ्खेली गाउँपालिकाबाहेक अन्य छ पालिकाले सामाजिक सुरक्षाभत्ता वितरण गर्न ढिलाइ गरेका छन् ।

भत्ताबाट आएको रकमले न्यानो र नयाँ कपडा किनौँला, केही मिठोमसिनो खाउँला भन्ने सोच राखेका वृद्धवृद्धालाई गाउँपालिकाले भत्ता साउनमै उपलब्ध गराउनुपर्नेमा अहिलेसम्म वितरण नगर्दा निकै खल्लो लागेको सिमकोट गाउँपालिका–२ निवासी मैना बोहराले गुनासो गरे। आफूले पाएको भत्ताले जाडोमा न्यायो कपडा किन्ने सोच गरे पनि आशा मात्रै हुने उनले गुनासो गरे । यस्तै सिमकोट गाउँपालिका–५ निवासी अदनसिंह रावत साउनदेखि पहिलो चौमासिकतर्फको भत्ता वितरण नगरेको गुनासो गरे ।

छ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा पाँच वर्षमुनिका बालबालिका, ६० वर्षमाथिका वृद्धवृद्धा, एकल तथा विधवा र अशक्त अपाङ्गता भएका व्यक्तिले भत्ता नपाएको गुनासो गरेका छन् । गाउँपालिकाका वडा नं १ देखि ८ सम्मका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता लेखापाल नभएकाले वितरण गर्न ढिलाइ भएको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिए । आठवटै वडाका वडाध्यक्षले रकम निकासाका लागि चासो नदिँदा अहिलेसम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको उनको भनाइ थियो ।

वडाध्यक्षहरुले आफ्नो वडामा रहेका वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, एकल महिला, बालबालिकाको विवरण पालिकामा नबुझाउँदा ढिलाइ भएको उजले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा लेखापाल आएपछि रकम निकासा गरी अबको एक÷दुई दिनभित्र रकम वितरण गरिने छ । यस्तै जिल्लाको अदानचुली गाउँपालिकाले कर्मचारीको अभावले चौमासिकतर्फको भत्ता वितरण गर्न नसकिएको बताएको छ । अदानचुली गाउँपालिकामा रहेका छ वडामा एक मात्रै सचिव रहेको हुँदा काम गर्न समस्या भएकाले वितरणमा ढिलाइ भएको पालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।

भत्ता रकम आए पनि रकम निकासा गर्नका लागि कर्मचारी समायोजनले गर्दा लेखापालको सरुवा भएको हुँदा र रकम निकासा नभएको उनको भनाइ थियो । खार्पुनाथ गाउँपालिकामा पनि सुरक्षाभत्ता वितरण हुन सकेको छैन । पालिकाले रकम निकासा गरे पनि उपनिर्वाचनलगायत विभिन्न कारण देखाउँदै वितरण गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिए । त्यस्तै सर्केगाड गाउँपालिकाले पहिलो किस्ताको प्रथम चौमासिक वितरण गरे पनि दोस्रो चौमासिक भत्ता वितरण गर्न सकेको छैन ।

यस्तै ताँजाकोट गाउँपालिकाले पनि सुरक्षाभत्ता वितरण गर्न ढिलाइ गरेको छ । नाम्खा गाउँपालिकामा पनि अब केही दिनमा रकम निकासा गरी वितरण गर्ने अध्यक्ष विष्णु लामाले जानकारी दिए । जिल्लाको चङ्खेली गाउँपालिकाले अहिलेसम्मको सबै सामाजिक सुरक्षाभत्ता वितरण गरेको उपाध्यक्ष विमला शाहीले जानकारी दिए । भत्ताको रकमबाट लत्ताकपडालगायतका विभिन्न खर्च चलाउँदै आएका वृद्धवृद्धा लामो समयसम्म भत्ता नपाउँदा निकै समस्यामा परेका छन् ।

कर्मचारी समायोजनका कारण र सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिको रेकर्ड नहुँदा रकम निकासामा ढिलाइ भएको हो । दुर्गम क्षेत्रका अधिकांश ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ताकै भरमा जीवन निर्वाह गर्नुपर्ने बाध्यता छ । सरकारले ६० वर्ष उमेरका ज्येष्ठ नागरिकलाई मासिक रु एक हजार, ७० वर्षभन्दामाथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई रु २ हजार, आंशिक अपाङ्गता भएका व्यक्तिलाई रु ६००, एकल महिलालाई रु एक हजार, बालबालिकालाई रु २०० उपलब्ध गराउने प्रावधान बनाएको छ ।