१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गरे मन्त्री हेरफेर



अ+ अ-

पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज मन्त्रिपरिषद हेरफेर गरेका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले आज बुधबार नै नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको शपथ गराएका छन् । नेपाली काँग्रेस र नेकपा एमालेका तर्फबाट ४/४ वटा मन्त्रालय लिएका छन् ।

पुनर्गठित मन्त्रिपरिषदमा कांग्रेसबाट जित शेरचन अर्थमन्त्री र नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन् । सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ तथा वन तथा वातावरण नम्डु गुरुङ बनेका छन् ।

यसअघि अर्थमा डा टकराज गुरुङ, सामाजिकमा विन्दुकुमार थापा र वनमा भेषबहादुर पौडेल मन्त्री थिए ।

यसैगरी एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे स्वास्थ्य र भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बनेका छन् । यसअघि कृषिमा पद्मा जिसी, स्वास्थ्यमा कृष्ण पाठक, भौतिकमा प्रकाश केसी र पर्यटनमा मित्रलाल बस्याल मन्त्री थिए ।

गण्डकीको मन्त्रिपरिषद् ९ सदस्यीय रहेको छ ।

तर मन्त्रिपरिषद पुनर्गठन प्रति असन्तोष जनाउँदै बाग्लुङबाट निर्वाचित प्रदेशसभा सदस्य दोर्ण कुँवरले भने प्रदेश सभा सदस्यबाटै राजीनामा दिएका छन् ।