९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाल्पादेवीमा केबलकार जडानको लागि पोल ठड्याइयो



अ+ अ-

काठमाडौं । आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवी केबलकार आयोजनामा आजैदेखि केबलकार जडानको लागि पोल ठड्याउने काम औपचारिक रूपमा सुरु भएको छ ।

यो पनि पढ्नुहोस- सुदूरको ठूलो पर्यटन पूर्वाधार, जाल्पादेवी केबलकार

आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले यो केवल एक परियोजना मात्र नभै, यसले क्षेत्रीय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने प्रतिबद्धताको निरन्तरता भएको बताउनु भयो। नयाँ वर्षको पहिलो दिनमै सुरु भएको यो कामले नयाँ आशा, नयाँ यात्रा र नयाँ उपलब्धिको अझ दृढ विश्वास दिएको ढकालले बताउनु भयो ।

अध्यक्ष ढकालले नयाँ वर्षको पहिलो दिनमै सुरु भएको यो कामले आफूहरूलाई नयाँ आशा, नयाँ यात्रा र नयाँ उपलब्धिको अझ द‌ृढ विश्वास दिएको बताउनु भयो । ढकालका अनुसार अबको दुई महिनाभित्र परियोजना सम्पन्न गर्ने लक्ष्यसहित अघि बढिएको छ ।