• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

पर्यटकलाई नयाँपन दिन घरवास, के हो त घरवास ?



बनेपा । अरनिको राजमार्गको खावास्थित स्थानीयले पर्यटकलाई नयाँपन प्रदान गर्ने उद्देश्यले घरवास सञ्चालनमा ल्याएको छ । पाँचखाल नगरपालिकाको वडा नं ५ मा रहेको सो स्थानमा स्थानीय बासिन्दा शर्मिला रञ्जितकारको नेतृत्वमा नौ घर मिलेर खावा सामुदायिक घरवास सञ्चालनमा ल्याएको हो ।

संस्कृति र रीतिरिवाजलाई प्रदर्शन गर्न र गाउँमा बाँझो जग्गामा खेती गर्न थालेका र रैथाने बालीको उत्पादनमा पुनःनिरन्तरता दिन घरवासले काम अगाडि बढाएको रञ्जितकारले बताउनुभयो । अहिले त्यहाँका नौ घरमा आवश्यकताअनुसार पाहुनाका लागि एकदेखि दुईासम्म कोठा र भान्सा कोठाको व्यवस्थापन गरिएको छ । आसपासमा ठूला होटल भए पनि पाहुनाका लागि स्थानीय सांस्कृतिक पहिचानका बारेमा ज्ञान दिन र स्थानीयस्तरमा नै उत्पादन भएका वस्तुको स्वाद लिन पाउने गरी घरवासको शुरुआत गरेको अध्यक्ष रञ्जितकारले बताउनुभयो ।

“घरवासबाट पाहुनालाई नयाँ खालको अनुभूति प्रदान गर्नका लागि हामीले यो सेवाको थालनी गरेका हौँ”, उहाँले भन्नुभयो । करीब ५०० मिटर दूरीको आसपासमा घरवास सञ्चालन गरेकाले पाहुनालाई आवतजावतमा थप सहजता बनाउनका लागि बाटो र दृश्यावलोकन गर्नका लागि हिँड्ने बाटोको व्यवस्थापन गर्न आवश्यक रहेकाले त्यसका लागि वडा, नगरपालिका र प्रदेश सरकारलाई सहयोग गर्न घरवास सञ्चालकले अनुरोध गरेका छन् ।

वडाध्यक्ष बालकृष्ण सापकोटाले घरवासको प्रवद्र्धनका लागि खानेपानी र सडक निर्माणका लागि व्यवस्थापन गर्न सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरी बजेटको व्यवस्थापन गरिसकेको र छिट्टै डिपीआर गरिने बताउनुभयो । नगर प्रमुख महेश खरेलले घरवासको प्रवद्र्धन गर्दै स्थानीय उत्पादनको बजारीकरणका साथै पर्यटकको आवागमनका लागि आवश्यक पूर्वाधार निर्माणका लागि बाटो, खानेपानी र स्वच्छ वातावरण निर्माण गर्न सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरेर नगरपालिका साथ दिन तयार रहेको बताउनुभयो ।

“यो नगरपालिकाकै पहिलो घरवास हो, यसको प्रवद्र्धन गर्नु नगरपालिकाको पनि दायित्व भएकाले पूर्वाधार निर्माणका लागि सहयोग गर्न तयार छौँ”, उहाँले भन्नुभयो, “नगरपालिका धुलिखेलको वैकल्पिक खावा र नगरकोटको वैकल्पिक अनेकोट बनाउन आवश्यक व्यवस्थापनका लागि योजनाबद्धरुपमा अगाडि बढिरहेको छ ।” घरवासमा पाहुनालाई स्थानीय कृषि उत्पादनलाई बढावा दिँदै त्यहीँका जातीय र सामुदायिक पहिचानका लागि जोड दिने लक्ष्य लिएको जनाएको छ ।