४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

पर्यटकलाई नयाँपन दिन घरवास, के हो त घरवास ?

पर्यटकलाई नयाँपन दिन घरवास, के हो त घरवास ?
अ+ अ-

बनेपा । अरनिको राजमार्गको खावास्थित स्थानीयले पर्यटकलाई नयाँपन प्रदान गर्ने उद्देश्यले घरवास सञ्चालनमा ल्याएको छ । पाँचखाल नगरपालिकाको वडा नं ५ मा रहेको सो स्थानमा स्थानीय बासिन्दा शर्मिला रञ्जितकारको नेतृत्वमा नौ घर मिलेर खावा सामुदायिक घरवास सञ्चालनमा ल्याएको हो ।

संस्कृति र रीतिरिवाजलाई प्रदर्शन गर्न र गाउँमा बाँझो जग्गामा खेती गर्न थालेका र रैथाने बालीको उत्पादनमा पुनःनिरन्तरता दिन घरवासले काम अगाडि बढाएको रञ्जितकारले बताउनुभयो । अहिले त्यहाँका नौ घरमा आवश्यकताअनुसार पाहुनाका लागि एकदेखि दुईासम्म कोठा र भान्सा कोठाको व्यवस्थापन गरिएको छ । आसपासमा ठूला होटल भए पनि पाहुनाका लागि स्थानीय सांस्कृतिक पहिचानका बारेमा ज्ञान दिन र स्थानीयस्तरमा नै उत्पादन भएका वस्तुको स्वाद लिन पाउने गरी घरवासको शुरुआत गरेको अध्यक्ष रञ्जितकारले बताउनुभयो ।

“घरवासबाट पाहुनालाई नयाँ खालको अनुभूति प्रदान गर्नका लागि हामीले यो सेवाको थालनी गरेका हौँ”, उहाँले भन्नुभयो । करीब ५०० मिटर दूरीको आसपासमा घरवास सञ्चालन गरेकाले पाहुनालाई आवतजावतमा थप सहजता बनाउनका लागि बाटो र दृश्यावलोकन गर्नका लागि हिँड्ने बाटोको व्यवस्थापन गर्न आवश्यक रहेकाले त्यसका लागि वडा, नगरपालिका र प्रदेश सरकारलाई सहयोग गर्न घरवास सञ्चालकले अनुरोध गरेका छन् ।

वडाध्यक्ष बालकृष्ण सापकोटाले घरवासको प्रवद्र्धनका लागि खानेपानी र सडक निर्माणका लागि व्यवस्थापन गर्न सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरी बजेटको व्यवस्थापन गरिसकेको र छिट्टै डिपीआर गरिने बताउनुभयो । नगर प्रमुख महेश खरेलले घरवासको प्रवद्र्धन गर्दै स्थानीय उत्पादनको बजारीकरणका साथै पर्यटकको आवागमनका लागि आवश्यक पूर्वाधार निर्माणका लागि बाटो, खानेपानी र स्वच्छ वातावरण निर्माण गर्न सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरेर नगरपालिका साथ दिन तयार रहेको बताउनुभयो ।

“यो नगरपालिकाकै पहिलो घरवास हो, यसको प्रवद्र्धन गर्नु नगरपालिकाको पनि दायित्व भएकाले पूर्वाधार निर्माणका लागि सहयोग गर्न तयार छौँ”, उहाँले भन्नुभयो, “नगरपालिका धुलिखेलको वैकल्पिक खावा र नगरकोटको वैकल्पिक अनेकोट बनाउन आवश्यक व्यवस्थापनका लागि योजनाबद्धरुपमा अगाडि बढिरहेको छ ।” घरवासमा पाहुनालाई स्थानीय कृषि उत्पादनलाई बढावा दिँदै त्यहीँका जातीय र सामुदायिक पहिचानका लागि जोड दिने लक्ष्य लिएको जनाएको छ ।