९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै माछा र चामल ‘जोन’ बनाइने



अ+ अ-

बेत्रावती । नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि ट्राउट माछा र समुन्द्रफिनी चामल क्षेत्र स्थापित गर्ने योजना बनाएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२० मा हुन लागेको नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै पर्यटन प्रवद्र्धनका लागि पर्याप्त सम्भावना भएको गाउँपालिकाले ट्राउट माछा र स्थानीय जातको समुन्द्रफिनी चामल उत्पादन गरेर आकर्षण गर्ने नयाँ योजना ल्याएको हो । वडा नं १ घ्याङ्फेदीस्थित तालुकसेरीबाट तादी खोलामा २० हजार ट्राउट माछाका भुरा छाडेर माछा ‘जोन’ बनाउने र शिखरवेंशीको फाँटमा चामलका लागि प्रख्यात रहेको समुन्द्रफिनी धानको यस वर्षदेखि नै शुरु गरिएको व्यावसायिक खेतीमा किसानलाई प्रोत्साहन गरेर पर्यटकलाई आकर्षण गर्ने कार्यक्रम चलाउन लागिएको गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार तादी खोलाको तालुकसेरीबाट आगामी पुस अन्तिममा २० हजार ट्राउट माछाका भुरा छाडेर हुर्किएपछि पर्यटकले आफैले माछा मार्न पाउने व्यवस्था मिलाउने र त्यसको साथमा समुन्द्रफिनी चामलको खाना खुवाउन नयाँ स्वादमा पर्यटक लोभ्याउन लागिएको छ । “तालुकसेरीबाट तादी खोलामा छाडिएका भुरा माछा आफैँ हुर्किएर करीव १० महिनाको अवधिमा मिश्र भञ्याङदेखि समुन्द्रटारसम्म पर्यटक आफैँले माछा मार्न पाउने सन्देश दिएर जिल्लामा पर्यटक भित्र्याउन लागिएको छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले माछा र चामलमार्फत पर्यटकलाई नयाँ स्वाद दिने र धार्मिक तथा पर्यटकीयस्थलको प्रचारलाई पनि सँगसँगै अघि बढाउन आवश्यक तयारी थालिएको छ ।”

पर्यटन प्रवद्र्धन गर्न गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङको संयोजकत्वमा समिति गठन गरेर नुवाकोटमा पर्यटक भित्र्याउन अन्य स्थानीयतहसँग समेत समन्वय गर्ने योजना बनाएको छ । अध्यक्ष तामाङका अनुसार समितिले दुप्चेश्वर महादेव, बच्छलादेवी, गाउँखर्कको मिनी–दुप्चेश्वरलगायतका मुख्यमुख्य धार्मिक स्थल, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, गोसाइँकुण्ड पदमार्ग, घ्याङफेदीको घरवासमा बसेर तामाङ बस्ती, सागरकुण्ड, कुटुमसाङ लगायतका स्थलको प्रचारप्रसार गरेर भ्रमण वर्ष सफल बनाउन महत्व दिइएको छ ।