९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार भण्डारीलाई



अ+ अ-

काठमाडौं । यस वर्षको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार साइन्स इन्फोटेक अनलाइन पत्रिकाका प्रधान सम्पादक गोपाल भण्डारीलाई प्रदान गरिएको छ ।

आज आयोजित कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उहाँलाई रु ५० हजार प्रदान गर्दै सम्मान गर्नुभएको हो । झण्डै एक दशकदेखि लेखन, पत्रकारिता र अनुसन्धानमा संलग्न भण्डारीले विज्ञान तथा प्रविधिका उपलब्धि, उपयोगिता र सूचना सरलीकृत रुपमा छापा तथा विद्युतीय माध्यममार्फत जनसाधारणसम्म पुग्ने गरी आलेख, जानकारी एवं समाचार प्रकाशन गरी योगदान पुर्याएबापत सो पुरस्कार प्रदान गरिएको नास्टले जनाएको छ ।

यसअघि भण्डारीले गोल्डेन साइन्फिक, रिभो साइन्स मासिक र साइन्स इन्फोटेक मासिक पत्रिकामा प्रधान सम्पादक रही काम गरिसक्नुभएको छ । भण्डारीका विभिन्न विषयका १२ पुस्तक, आठ अनुसन्धानात्मक प्रतिवेदन, चार वैज्ञानिक जगत जर्नलमा अनुसन्धानात्मक लेख, पाक्षिक पत्रपत्रिकामा करिब १०० विज्ञान तथा प्रविधिसम्बन्धी र विभिन्न अनलाइनमा लगभग एक हजार जति विज्ञान तथा प्रविधि र अन्य विषयका लेख प्रकाशित छन् ।

भौतिकशास्त्रमा स्नातकोत्तर भण्डारी अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष पनि हुनुहुन्छ । भण्डारी विभिन्न बौद्धिक, वैज्ञानिक तथा सामाजिक सङ्घसंस्थामा आबद्ध हुनुहुन्छ । भण्डारीलाई यसअघि गत असोज १ गते सातौँ ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ का अवसरमा विज्ञान तथा प्रविधिको क्षेत्रमा कलम चलाई उत्कृष्ट योगदान पुर्याएबापत प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट रु १५ हजार राशिको पुरस्कारद्वारा पनि पुरस्कृत गरिएको थियो ।

यस्तै मुटु रोगले पीडित हुनुभई हाल उपचाररत रहनुभएका पत्रकार महेश रिजाललाई नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले आर्थिक सहयोग प्रदान गरेको छ ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल र जिल्ला शाखा अध्यक्ष सविन प्रियासनले आज उहाँलाई सहयोग स्वरुप रु एक लाख २६ हजार ६५ प्रदान गर्नुभयो । सो रकम महासङ्घका जिल्ला, प्रदेश , केन्द्रीय सभासद् तथा यहाँका सञ्चारमाध्यमले उपलब्ध गराएका थिए । केन्द्रीय सभासद् समेत रहनुभएका रिजालको उपचारकालागि महासङ्घ शाखाले सहयोग अभियानको शुरुआत गरेको छ ।