९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार काठमाडौंका यी सडकमा सवारी चलाउन नपाइने, कहाँ-कहाँ कति समय ?



अ+ अ-

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)का कारण उपत्यकामा
शनिबार विभिन्न रुटमा सवारी अवरुद्ध हुने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म सागको म्याराथन दौड प्रतियोगिताका सञ्चालन हुने भएकाले टेकु-कालिमाटी-कलंकी-बल्खु-सातदोबाटो-कोटेश्वर-सल्लाघारी-सूर्यबिनायक हुँदै पुनः सल्लाघारी-कोटेश्वर-नयाँबानेश्वर-माइतीघर-सिंहदरबार-भद्रकाली-वीर अस्पताल-जमल-लौनचौर-उत्तर ढोका-नागपोखरी-जयनेपाल हल-संग्राहलय दक्षिण गेट-घण्टाघर-भद्रकाली-नागस्थान हुँदै रंगशालासम्म प्रतियोगिता हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले सूचनामा जानकारी दिएको छ।

अत्यावश्यक सवारीबाहेक अन्य सवारी नचलाउन ट्राफिलक प्रहरीले अनुरोध गरेको छ ।