१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

समाजवादी र माओवादीलाई सुझाब: काँग्रेससँग एकीकरण मै गए हुन्न ?

समाजवादी र माओवादीलाई सुझाब: काँग्रेससँग एकीकरण मै गए हुन्न ?
अ अ+ अ-

प्रजातन्त्रहरू ‘बलियो’ हुदै गएपछि यस्तो पनि अवस्था आउँछ। यौटा व्यक्ति-संस्था र नीति दुबैको स्रोत बन्न जान्छ। नेपाली काँग्रेस भित्र आजको यथार्थ हो यो। केही अपवादको अल्प समय खण्ड बाहेक नेका “ट्रोईका” मै चलेको हो। बीपी, गणेशमान र किसुन जीको। फेरी गणेशमान, किसुन जी र गिरिजा बाबुको। गणेशमान र किसुन जी पछि गिरिजा बाबुको समय पनि आजको शेर बहादुर जीको समयका झै थिएन।

आजको अवस्था एकदमै भिन्न छ। आज ने.का.मा प्रम शेर बहादुर देउवा जीले भनेकै कुरो हुन्छ। कुनै पनि बिषयको समयसापेक्षता तथा सान्दर्भिकताको परिभाषा उहाँ मै निहीत भएको छ।

कम्युनिष्टहरू संगको सहकार्य नेका भित्र कहिल्यै पनि एकमतताको बिषय रहेन। सुवर्ण जी र बीपी कोईरालाको पुरै समयावधिमा यो संभव भएन। बि.स. २०४६ सालको पहिलो जन आन्दोलन ताका भएको कम्युनिष्टहरू संगको सहकार्य नेका भित्र निर्विवाद थिएन। गणेशमान सिंह र किसुन जीलाई कम्युनिष्टहरू प्रति झुकाव राख्ने भनिएपनि यो सत्य होईन। उहाँहरूका सम्मुख कम्युनिष्टहरूले बिस २०३७ सालको जनमत संग्रहमा पंचायतलाई सघाएको तितो अनुभव थियो। यसर्थ, उहाँहरूले संयुक्त मोर्चाको नाउँमा कम्युनिष्टहरूलाई रिंग भित्र राख्न चाहनु भएको हो। जबकि, गिरिजा प्रसाद कोईरालाको नजरमा बहु प्रचारित “माले-मशाले र मण्डले एकै हुन्” यो सोच रहेको थियो।

बि.स. २०४७ गएको ३१ बर्ष भयो। तेस बेलाका घटनाहरूका जानकारहरू आज देखेका कुरा लेख्न छाडेका छन्। आज जो लेखेर अभिमत निर्माण गर्ने काममा छन्-ती तेस कालखण्डका बारेमा अनभिज्ञ छन्। यसले गर्दा ०४६/४७ को आन्दोलनमा कम्युनिष्टसंग नेकाको संयुक्त मोर्चा अपरिहार्य थियो कि थिएन र के यसबाट नेकालाई लाभ भयो त? यसको सत्य जवाफ आई रहेको छैन। ०४६/४७ को आन्दोलन पूर्व र पछि २०४८ को पहिलो आम निर्वाचनसम्म निरन्तर कम्युनिष्टहरूले नेकासंग चुनावी गठबन्धन गर्न दबाव दिई रह्यो। यस कालखण्डको बस्तुपरक अध्ययन हुनु जरूरी छ। हो, यस कुरामा दुईमत हुन सक्दैन कि दोस्रो जन आन्दोलनको सफलताका लागि कम्युनिष्टहरू संगको सहकार्य र मोर्चा बस्तुपरक आवश्यकता थियो।

मैले यी पंक्तिहरू लेख्दा किमार्थ पनि यो अर्थ लाग्नु हुन्न् कि म नेकाको कम्युनिष्टहरू संगको सहकार्यको बिरोधमा छु। अहिले जुन उद्देश्यका लागि तथा जुन तर्कका साथ कम्युनिष्टहरू संगको सत्ता गठबन्धनलाई अगाडी बढाउने कुरा आएको छ-यसलाई बुझ्न कठिन भएको छ। अब अगामी चुनावहरूसम्म कम्युनिष्टहरू समेतसंग गठबन्धनलाई निरन्तरता दिनका लागि हालै प्रम तथा नेकाका सभापति शेर बहादुर देउवाले भन्नु भएको छ; अहिलेको सत्ता गठबन्धन कै कारणले उहाँ प्रम हुनु भएको हो। यसर्थ, कुनैपनि काँग्रेस जनले गठबन्धनको बिरोध गर्नु हुदैन। चिढ्याउनु हुदैन। हामी अगामी चुनावहरूसम्म गठबन्धन मै जाने हो। अर्थात, माओवादी,नेकपा समाजवादी र जसपासंग गठबन्धन कायम नै राखेर चुनावमा जाने।

काँग्रेसले चाहेको यस गठबन्धनको निरन्तरता के का लागि? सरल रूपमा जवाफ खोज्ने हो भने पहिलो बझाई हुन्छः १) एकल रूपमा नेका बहुमत ल्याउने ल्याकत राख्दैन। २) शेर बहादुर जी मा निर्वाचन पछिको संसदबाट पुनः प्रम हुने ईच्छा छ। प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका पार्टीका साथ गठबन्धन गरी चुनावमा जादाँ नेकाको बहुमत एवं संख्यात्मक प्रधानता रहन्छ। प्रममा देउवा जी को दावी स्वभाविक हुन्छ। ३) नेकाले आफ्नो नेतृत्वमा यसरी बहुमत ल्याउन सकेमा मुख्य बिपक्षी एमालेलाई अझ कमजोर पार्न सकिन्छ। यो स्थितिमा हालै यो गठबन्धनको सरकारले हालै बनेको परिदृश्य अनुसार भारत-अमेरिकी धुरीको भरपर्दो नेपाली पक्ष बन्नेछ,यसबाट अनेक थरीले लाभान्वित भैरहने छन्।

नेपालमा र नेकामा शेर बहादुर जी अहिले बलियो मानिनु हुन्छ। उहाँ प्रम पदको चिरन्तर आकांक्षी पनि हुनुहुन्छ। वर्तमान गठबन्धनको यसरी निरन्तरता अवश्यमेव् शेर बहादुरको हितमा नै हुन्छ। तर, यसबाट समग्रमा नेकालाई कतिको लाभ हुन्छ-यसको आंकलन तथ्यगत रूपमा नेकाका नेता कार्यकर्ताहरूले गर्ने होलान। नेकालाई दीर्घकालिन लाभ हानी जे भएपनि, यदि शेर बहादुरले यही चाहनु भएको हो भने उहाँले गरेरै छाडनु हुन्छ-यो बुझे हुन्छ।

शेर बहादुर जीले काँग्रेसका सबै पुराना मित्रहरूलाई परित्याग गरिसक्नु भएको छ। उपयोगी मानिसहरूको उपयोग गर्ने र पछि छोडदिने कुरामा उहाँ गिरिजा प्रसाद कोईरालालाई धेरै पछाडी छोडनु भएको छ। यस अर्थमा गठबन्धनका नयाँ मित्रहरू उहाँका समयोपयोगी साथी हुन सक्छन्। तेसो भए यस मित्रतालाई अझ प्रबल तथा दरो किन न बनाउने?

नेपाली काँग्रेस र माओवादी, नेकपा समाजवादी तथा जसपामा के नै आधारभूत अन्तर रहेको छ र? भारत-अमेरिकाको दृष्टिकोण, बैदेशिक सहयोग तथा अनुदान प्राप्ति तथा प्रबन्धनमा समान सोच, संसदीय प्रणालीको सम्पादन विधीमा एकरूपता, संघीयता र गणतन्त्र, बिकाश-अर्थनीति, राज्यका शक्ति परिचालनका निकायहरूमा सहकार्य एवं भागवण्डा, जन प्रतिनिधित्व प्रणालीलाई हाक्ने तरिका जस्ता सवालहरूमा यिनीहरूका बीच लगभग एकैखाले सोच बिचार रहेको छ। यसो हुदां बिथ्थाको गठबन्धन किन नि? एकिकरण मै जानु श्रेयस्कर होईन र? कमसे कम थोरै भएपनि राजनीतिको धमिलो रंग संग्लो हुन्छ कि? गठबन्धनको सत्ता चिरन्तर तथा सत्ताको सुस्वादु भागिदारी “जत्र कुण्ड तत्र पानी” को हिसाबबाट हुन्छ नै। यसर्थ, प्रम जीको नेपाली काँग्रेस गठबन्धनका मित्रहरूसंग पार्टी एकिकरण कै बाटोमा जादाँ उचित हुन्छ कि?

-लेखक जयप्रकाश आनन्द नेपाली काग्रेसका नेता एबं पुर्वमन्त्री हुनुहुन्छ । उहाँको फेसबुकबाट साभार