२४ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलपत्र बालबालिकाको उद्धार र आर्थिक सहयोग



अ+ अ-

बाजुरा । बाजुराको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटमा आमाको मृत्युपछि अलपत्र बनेका दुई नाबालकलाई एसोएस बालग्राम धनगढीले लालनपालनसहित उद्धार गरेको छ । बच्चाको सहयोगका लागि सङ्कलित रकम बच्चाका बुबालाई हस्तान्तरण गरिएको छ ।

दुई बालक अलपत्र परेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशितपछि उद्धार गरिएको एसोएस बालग्राम धनगढीका प्रमुख पदम हमालले बताउनुभयो । आमा बच्ची ल्वारको गत साउनमा मृत्युपछि तीन वर्षको देवदत्त ल्वार र छ महिनाकी वसन्ती ल्वार बेसाहारा बनेका हुन् ।

बच्चाको दूध, लत्ताकपडा र खाद्यान्नका लागि सहयोग भन्दै देशभित्र र बाहिर बसेका नेपालीबाट सङ्कलन भएको रु ६६ हजार १५० प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बच्चाको बुबालाई हस्तान्तरण गरेको नेपाल पत्रकार महासङ्घ बाजुराका अध्यक्ष प्रकाश सिंहले जानकारी दिनुभयो ।

बालक र बालिका अलपत्र अवस्थामा परेको थाहा पाएपछि उद्धार गरेको एसोएस धनगढीले जनाएकोे छ । सञ्चारमाध्यममा अलपत्र बालबालिका समाचार प्रकाशित तथा प्रसारित भएको थाहा पाएपछि देशभित्र र बाहिरबाट पनि धेरथोर सहयोग जुटेको छ । सानै रकम भए पनि सहयोग गरेको अमेरिका बस्दै आउनुभएकी गङ्गा कोइरालाले बताउनुभयो ।

स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले पनि ती नाकालकलाई रु २५ हजार सहयोग गरेको बताउनुभयो । सम्पत्तिको नाममा एउटा घरसमेत नभएको ल्वार परिवारलाई साना बालबच्चा हुर्काउन निकै मुस्किल भएको छ ।

यस्तै पछिल्लो समयमा निकै चिसो बढेसँगै सर्वसाधारणले बिहान र बेलुकी निकै सास्ती भोग्दै आएका छन् । एकैचोटी ह्वात्तै चिसो बढेकाले यहाँका बालबालिका, वृद्धवृद्धा बिरामी पर्न थालेका छन् ।

चिसोबाट बच्नका लागि यहाँस्थित बडीमालिका नगरपालिका–७ ढम्कनेस्थित सरस्वती आधारभूत विद्यालयका २०० विद्यार्थीलाई टोपी र मोजा वितरण गरिएको छ । बडीमालिका नगरपालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायको समन्वय र समाजसेवी दयाराम अग्रवालको सहयोगमा विद्यार्थीलाई चिसोबाट बच्नका लागि टोपी र मोजा वितरण गरिएको छ ।

अत्यधिक चिसोका कारण विद्यार्थीको पढाइमा बाधा नपुगोस् भन्ने उद्देश्यले विद्यार्थीलाई टोपी र मोजा सहयोग गरिएको वडाध्यक्ष पाध्यायले बताउनुभयो । चिसोकै कारण विद्यालयमा विद्यार्थी कममात्रामा विद्यालय आउने र आए पनि बीचैमा नपढेर घर फर्किने गरेकामा अहिले तातो कपडा पाएपछि विद्यार्थी नियमित आउन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर धाँमीले बताउनुभयो ।