९ असार २०८३, मंगलवार
,
Latest
सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजगढको रुख कटानबारे कुनै निर्णय नलिन सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रुख कटानबारे कुनै निर्णय नलिन अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले अर्को निर्णय नआएसम्म रुख कटानबारे कुनै पनि निर्णय नलिन आदेश दिएको हो ।

बन विज्ञहरु द्वारिका ढुंगेल, तारा सापकोटा, कृष्णप्रसाद भण्डारी लगायत ९ जनाले १६ मंसीरमा सर्वोच्चमा रीट दर्ता गरेका थिए ।

उक्त रीटको सुनुवाई गर्दै न्यायाधीश मोक्तानको इजलासले यसबारे दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

२९ मंसीरमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठूलो संख्यामा रुख कटान हुन लागेको भन्दै सर्वोच्चमा रीट दायर भएको थियो ।