१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साग फुटबलः माल्दिभ्सविरूद्ध नेपालको जित, नेपाल २-१ ले विजयी



अ+ अ-

काठमाडौंः अनन्त तामाङ र अभिषेक रिजालकाे गाेलकाे मद्दतले माल्दिभ्सविरूद्धको खेलमा नेपाल २-१ ले विजयी भएकाे छ । १३ औं साग अन्तर्गत पुरुष फुटबलको खेलमा ५२ औं मिनेट अनन्तले गोल गरेका थिए । यसअघि अभिषेक रिजालले ४३ मिनेटमा डिबक्सबाट उत्कृष्ट गोल गरेर खेल बराबरीमा ल्याएका थिए।

त्यसअघि माल्दिभ्सका इब्रहाम हुसेनले १९ मिनेटमा अग्रता दिलाएका थिए। राउन्ड रोबिनको लिगमा चल्ने प्रतिस्पर्धामा नेपाल ६ अंकसहित दोस्रो स्थानमा छ। शीर्ष स्थानको भुटानको ६ अंक छ।