१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

वरिष्ठ पत्रकार अधिकारीद्वारा राससलाई ‘मधुपर्क’ सहितका १०० थान पुस्तक हस्तान्तरण

वरिष्ठ पत्रकार अधिकारीद्वारा राससलाई ‘मधुपर्क’ सहितका १०० थान पुस्तक हस्तान्तरण
अ अ+ अ-

काठमाडौँ । वरिष्ठ पत्रकार धु्रवहरि अधिकारीले नेपाली भाषा, साहित्य, संस्कृति, इतिहास र कलाको उन्नयनमा उल्लेखनीय योगदान पु¥याइरहेका ‘मधुपर्क’ मासिकलगायत पत्रपत्रिका एवं पुस्तक राष्ट्रिय समाचार समिति (रासस) लाई हस्तान्तरण गरेका छन् ।

पत्रकारिताका अतिरिक्त नेपाली भाषा, व्याकरण, सुरक्षा र कूटनीतिमा विशेष चासो राख्ने नेपाल प्रेस इन्स्टिच्यूटका पूर्वअध्यक्ष अधिकारीद्वारा आज हस्तान्तरित अन्य पुस्तक र पत्रपत्रिकाहरूमा रुपरेखा, रचना, गरिमा, परिवारिक डाइजेष्ट, असली आठकाण्ड रामायणलगायत करिब १०० थान छन् ।

गोरखापत्र संस्थानद्वारा २०२५ जेठ ३० देखि प्रकाशित ‘मधुपर्क’ ले साहित्यकारहरू केदारमान व्यथित, सूर्यविक्रम ज्ञवाली, माधवप्रसाद घिमिरे, दैवज्ञराज न्यौपाने, लैनसिंह वाङ्देल, दौलत विक्रम विष्ट, धु्रवचन्द्र गौतम, वैरागी काइला, इन्द्रबहादुर राई, डिल्लीरमण रेग्मी, मन्जु काँचुली, पारिजात, बदरीनाथ भट्टराई, विजय मल्ल, पुस्कर लोहनी, कञ्चन पुडासैनी र भरतराज पन्तहरूलाई उल्लेख्य स्थान दिएको थियो ।

साहित्यकारहरू शङ्कर लामिछाने, भीम विराग, भाउपन्थी, हुतराम वैद्य, रत्न दास, अम्विकाप्रसाद अधिकारी, खेमराज केशवशरण, अशेष मल्ल, डा कृष्णचन्द्र मल्ल, भीमनिधि तिवारीलगायत श्रष्टाका कथा, कविता, लेख, व्यङग्य, एकाङ्की, निबन्ध, समालोचना, गजल, सस्मरण र परिचय जस्ता विषयवस्तुलाई मधुपर्कले २०२० र २०३० को दशकमा उपयुक्त स्थान प्रदान गर्दै आएको पाइन्छ ।

पुस्तक हस्तान्तरणका क्रममा राससका महाप्रबन्धक सन्दिप राईले निकै पुराना मधुपर्कसहित नेपालका प्रसिद्ध साहित्यकारका सिर्जना समेटिएका पुस्तक उपलब्ध गराएकामा पत्रकार अधिकारीप्रति आभार व्यक्त गरे ।

वरिष्ठ पत्रकार अधिकारीले रासस सूचना र समाचारको मुहान भएकाले संस्थालाई उपलब्ध सूचना समाग्रीको धरैभन्दा धेरै उपयोग हुने विश्वास व्यक्त गरे ।