५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्धारित समयमै संसद भवन सम्पन्न गर्न सभामुखको निर्देशन



अ+ अ-

काठमाडौं । संघीय संसद भवन निर्माण कार्यमा भइरहेको ढिलाइप्रति सभामुखले चासो व्यक्त गरेका छन्।

सभामुख डोलप्रसाद (डीपी) अर्यालले सोमबार शहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग छलफल गर्दै तोकिएको समयमै निर्माण सम्पन्न गर्न कडा निर्देशन दिएका हुन्।

उनले निर्माण कार्यमा ढिलाइ हुनु उपयुक्त नभएको उल्लेख गर्दै कामलाई तीव्रता दिन आग्रह गरे।

उक्त छलफलमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभा उपसभामुख रूबी कुमारी र राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारीको समेत उपस्थिति रहेको थियो। सहभागीहरूले निर्माणको प्रगति, देखिएका समस्या तथा समयमै सम्पन्न गर्ने उपायबारे विचार आदान–प्रदान गरेका थिए।

संसद भवन निर्माणका लागि २०७६ साल असोज १८ गते तुन्डी शेख जेभीसँग ७ अर्ब ९४ करोड रुपैयाँमा सम्झौता गरिएको थियो। प्रारम्भमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले हालसम्म छ पटक म्याद थप भइसकेको छ। पछिल्लो सम्झौताअनुसार आगामी जेठ ९ गतेभित्र निर्माण कार्य सक्ने लक्ष्य तय गरिएको छ।

शहरी विकास मन्त्रालयका अनुसार हालसम्म भवनको करिब ९४ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ। इन्टेरियरतर्फको काम केसी श्यामसुन्दर बाँनिया जेभीले २ अर्ब ३४ करोड रुपैयाँमा जिम्मा लिएको छ भने छाना निर्माणको ठेक्का चेनलिंक इन्जिनियरिङले ३ करोड ८० लाख रुपैयाँमा पाएको छ।