१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण

मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण
फाइल फोटो
अ अ+ अ-

काठमाडौं । मुस्ताङ किसानलाई आयआर्जनमा सहयोग पु-याउने उद्देश्यले अनुदान सहयोगमा मौरीसहितका घार वितरण गरिएको छ । घरपझोङ गाउँपालिकाले पाँचवटै वडाका स्याउ किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितका घार वितरण गरेको हो ।

गाउँपालिकाले स्थानीय स्याउ किसानसँगको सहलगानीमा ४५ थान मौरीसहितका घार खरिद गरी वितरण गरेको हो । चालु आर्थिक वर्षको विनियोजित बजेट दुई लाख ५० हजार रुपैयाँ र स्थानीय स्याउ किसानहरूको दुई लाख ५० हजार रुपैयाँ लागत साझेदारी रहने गरी माग सङ्ख्याका आधारमा ४५ थान मौरीसहितका घार वितरण गरिएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए  ।

स्याउखेतीको गुणस्तर तथा उत्पादन वृद्धि गरी किसानको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले घार वितरण गरेको उनले जानकारी दिए । पछिल्लो समय मुस्ताङका किसानले स्याउ उत्पादनलाई प्रभावकारी बनाउन मौरी चरन व्यवस्थापनमा जोड दिन थालेका छन् ।

यसअघि पनि सोही गाउँपालिकाले स्याउ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको थियो । वसन्त ऋतुको आगमनसँगै मुस्ताङका स्याउ बगैँचामा स्याउका बोटमा फूल फुल्ने सिजन सुरु हुन थालेको छ ।

प्रतिमौरीसहितका घारको मूल्य ढुवानीसहित ११ हजार रुपैयाँ पर्ने बताइएको छ । स्याउ फार्म, सहकारी, समूह र व्यक्तिगत स्याउ फार्म किसानलाई स्याउको परागसेचन (पोलिनेसन) वृद्धि गर्न मौरीसहितका घार अनुदानमा हस्तान्तरण गरिएको हो ।

विगत १८ वर्षदेखि मौरी व्यवसाय गर्दै आउनुभएका पोखरास्थित बेगनास मौरी घार उद्योगका व्यवसायी सूर्यप्रसाद लामिछानेले मुस्ताङमा स्याउलगायत रैथाने फलफूलको उत्पादन तथा गुणस्तर वृद्धिका लागि मौरीपालन आवश्यक रहेको बताए । स्याउको फूल फुल्ने बेला फ्रुड सेटिङका लागि स्याउ बगैँचाभित्र मौरीपालनले परागतसेचनामा सहयोग पुर्याउने व्यवसायी उनी बताउँछन्  ।