६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कामका आधारमा काँग्रेसले सदनमा आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन्।

आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले कांग्रेस प्रमुख प्रतिपक्षी दलका हिसाबले उपस्थित भएकाले सरकारले गर्न लागेका राम्रा कामप्रति समर्थन र सहयोग रहने बताएका हुन् ।

उनले भने, “जनता, लोकतन्त्र, जनजीविका, सुशासनको पक्षमा सरकारले गरेका कामहरुप्रति कांग्रेसको कुनै पनि असहयोग रहँदैन ।” फरक प्रसङ्गमा बोल्दै उहाँले कांग्रेसले संसदीय दलको नेता आन्तरिक रुपमा सर्वसम्मत गर्न खोजिएको भए पनि यो प्रयास असफल भएको उनले बताए ।

सर्वसम्मत या निर्वाचन प्रक्रियाबाट टुङ्याउने गरी वैशाख ४ गते संसदीय दलको नेता चयन हुने उनको भनाइ छ ।पार्टीभित्र एकता कायम गर्दै अघि बढ्न अहिलेको नेतृत्वको चाहना रहेको उनले बताए  । अहिलेको समस्याको समाधान १५औँ महाधिवेशन भएको भन्दै उनले अब अधिवेशन तिर लागौँ अदालत तिर होइन भने ।