१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

इटहरी गोल्डकप आजदेखि : एफसिनाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

इटहरी गोल्डकप आजदेखि : एफसिनाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा
अ अ+ अ-

काठमाडौं । सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

आयोजक राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरीस्थित रङ्गशालामा आज साँझ ६ः३० बजेदेखि रात्रिकालीन रूपमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा जस्ट जोन एफसिनाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

आजदेखि सुरु भई आगामी वैशाख ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक अनुरोध थापाले बताए ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता खेलाडीलाई रु २५ हजार प्रदान गरिने छ । त्यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख प्रदान गरिनेछ भने विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई रु २० हजार तथा ‘म्यान अफ दी म्याच’ घोषित खेलाडीलाई रु १० हजार पुरस्कार प्रदान गरिने संयोजक थापाले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत आगामी वैशाख १ गते मच्छिन्द्र क्लब काठमाडौँ र झापा–११ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, वैशाख २ गते राष्ट्रिय जागृति क्लब, इटहरी र सातदोबाटो युथ क्लब, ललितपुरबीच खेल हुनेछ ।

वैशाख ३ गते प्लानिङ ब्वाइज, काठमाडौँ र भारतको युनाइटेड खर्साङ एफसीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पहिलो चरणका विजेता टोलीहरूबीच वैशाख ४ र ५ गते सेमिफाइनल खेल सञ्चालन गरिनेछ भने प्रतियोगिताको फाइनल खेल वैशाख ७ गते हुनेछ ।

गत वर्ष प्रतियोगिताको उपाधि मच्छिन्द्र क्लब, काठमाडौँले जितेको थियो भने चर्च ब्वाइज युनाइटेड क्लब उपविजेता बनेको थियो ।