२८ भाद्र २०८३, आईतवार
,
Latest
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाद्वारा होर्मुज स्ट्रेटमा नाकाबन्दीको धम्की, बढ्दैछ विश्वयुद्धको त्रास



अ+ अ-

अमेरिका र इरानबीच पाकिस्तानमा भएको वार्ताको असफलतापछि पुनः युद्धको त्रास बढेको छ । वार्ता असफल भएको भोलिपल्टै अमेरिकाले इरानमाथि नाकाबन्दीको धम्की दिएको छ । यसरी अमेरिकाबाट इरानलाई धम्की आउन थालेपछि विश्वमा नै अर्काे युद्धको त्रास बढेको विश्लेषणहरु आउन थालेका छन् ।

आइतबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट हुँदै जाने सामुन्द्रिक जहाजहरूमा नाकाबन्दी गर्ने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले ती सामुन्द्रिक जहाजमा नाकाबन्दी गरिने र त्यसका लागि ठूलो संख्यामा अमेरिकी नौसेना खट्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले यो बाटो हुँदै जान खोज्ने जुनसुकै सामुन्द्रिक जहाजलाई पनि अमेरिकी नौसेनाले रोक्ने र जाँच गरेर मात्र पास गर्न दिने बताएका हुन् । ट्रम्पका अनुसार, विशेषगरी इरानलाई शुल्क तिर्ने जहाजहरूमाथि अमेरिकाले कडा निगरानी राख्ने बताएका हुन् ।

होर्मुज स्ट्रेट अहिले विश्वकै एक चासोको क्षेत्र बनेको छ । सोही क्षेत्र भएर नै इरानको र अन्य क्षेत्रको समेत तेल सप्लाइ हुने भएकाले इरानले पनि सोही क्षेत्रमा आफ्नो सुरक्षा केन्द्रित गरेको छ । उता अमेरिकाले सो क्षेत्रलाई कसरी आफ्नो नियन्त्रणमा राख्न सकिन्छ भन्ने विषयमा पनि निकै चासो बढाएको छ ।

ट्रम्पले इरानलाई गैरकानुनी रूपमा शुल्क तिर्ने जहाजहरूलाई सुरक्षित बाटो नदिइने बताएपछि इरानको यस विषयमा प्रतिक्रिया भने आएको छैन । अमेरिकाले खासगरी यसबाट इरानको आर्थिक शक्ति कम हुने र जसका कारण अमेरिकालाई इरानमाथि हमला गर्न सहज परिस्थिति उत्पन्न हुने अनुमान गरेको छ । सो पोष्टसँगै राष्ट्रपति ट्रम्पले अमेरिका जुनसुकै परिस्थितिका लागि तयार रहेको र आवश्यकता परे युद्ध समाप्त गर्ने कदम पनि अघि सार्न सकिने समेत बताएको छ ।

तर इराकले भने यसअघि नै यो जलसन्धि इरानको नियन्त्रणमा रहेको बताउँदै आएको छ । यसलाई तेहरानको ‘रेड लाइन’ बताउँदै यहाँबाट यात्रा गर्ने जहाजहरूले इरानी मुद्रा रियालमा शुल्क तिर्नुपर्ने कुरा सो सन्धीमा स्पष्ट रुपमा लेखिएको पनि इरानको दाबी छ ।

शनिबार पाकिस्तानमा इरान र अमेरिकाबीच २१ घण्टा चलेको शान्ति वार्ता निष्कर्षविहीन बनेसँगै अब दुवै पक्ष एकअर्काविरुद्ध खनिएका छन् । होर्मुज जलसन्धि खुला गर्ने र आणविक कार्यक्रमको विषयमा दुई देशबीच कुरा अड्किएको बताइएको थियो ।

उता अर्काे एक समाचार अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई सहयोग नगर्न चीनलाई पनि धम्की दिएका छन् । उनले आइतबार एक अमेरिकी मिडियालाई दिएको अन्तर्वार्तामा यदि चीनले इरानलाई सैन्य मद्दत गरेको पाइयो भने, चीनमाथि नै ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिएका हुन् ।

सोही अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले बेलायत र अन्य केही देशहरूले पनि होर्मुज स्ट्रेटमा बारुदी सुरुङ हटाउने काममा सहायता गर्नका लागि आवश्यक पर्ने ठूलो संख्याका नौसैनिक जहाजहरू पठाउने तयारी गरिरहेका पनि बताएका थिए । तर यस विषयमा ती देशका तर्फबाट भने कुनै पनि प्रतिक्रिया आएको छैन ।

साथै ट्रम्पले नेटोप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । उनले नेटोमा ठूलो मात्रामा खर्च गर्ने तर आवश्यकता परेका बेलामा भने अमेरिकालाई काम नदिएको र अमेरिकाले समर्थन पनि नपाएको बताए ।

त्यसैगरी राष्ट्रपति ट्रम्पले हिजो नै ह्वाइटहाउसमा दिएको एक ब्रिफिङका क्रममा पनि सही समय आएपछि आफ्नो देशले इरानविरुद्ध कारबाही गर्ने जनाउँदै अब त्यो समय धेरै कुर्नु नपर्ने धारणा राखेका थिए ।

उनले यसका लागि अमेरिका पूर्ण रूपमा तयार रहेको बताउँदै त्यस्तै परिस्थिति इरानले नै ल्याएको पनि धारणा राखेका छन् । पछिल्लो समयमा आएको उनको यो चेतावानी आदिका कारण पनि अब अमेरिका र इरान युद्ध निर्णायक तर्फ पनि पुग्न सक्ने विश्लेषणहरु आएका छन् ।

दुवै देशबीचको यो टकरावले विश्वमा अर्काे युद्धको ठूलो खतरा रहेको पनि विश्वका भूराजनीतिक परिवेशका जानकारहरुको भनाई छ ।