१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

सिंहदरबारमा इन्टरनेट सुधार अभियान : अवरोधरहित सेवामा सरकारको जोड

सिंहदरबारमा इन्टरनेट सुधार अभियान : अवरोधरहित सेवामा सरकारको जोड
अ अ+ अ-

काठमाडौं । सिंहदरबारभित्र तथा आसपासका सरकारी निकायमा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न सरकार सक्रिय बनेको छ ।

प्रशासनिक केन्द्रका रूपमा रहेको यस क्षेत्रमा प्रविधि पूर्वाधार कमजोर हुन नदिन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सम्बन्धित निकायलाई सेवा थप भरपर्दो, द्रुत र अवरोधरहित बनाउन निर्देशन दिनुभएको छ ।

एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुखसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले सबै सरकारी कार्यालयमा उच्चस्तरीय र अवरोधरहित इन्टरनेट पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । सेवा अवरुद्ध हुन नदिन पूर्वतयारी, निरन्तर निगरानी र प्रभावकारी जोखिम व्यवस्थापन प्रणाली मजबुत बनाउन उहाँले निर्देशन दिनुभएको हो ।

उहाँले सेवा प्रदायक तथा सम्बन्धित निकायलाई सम्भावित समस्याको समयमै पहिचान गरी तत्काल समाधान गर्न, साथै जिम्मेवारी र जवाफदेहिता बढाउन पनि आग्रह गर्नुभयो । प्राविधिक तथा मानवीय कमजोरीका कारण सेवा अवरुद्ध हुने अवस्था अन्त्य गर्न दक्ष जनशक्ति परिचालनमा विशेष जोड दिइएको छ ।

यसका लागि नेपाल टेलिकम मार्फत दक्ष प्राविधिक टोली खटाई समस्या देखिएलगत्तै समाधान गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।

छलफलका क्रममा एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुख मनिष भट्टराई ले हालको अवस्थाबारे जानकारी दिँदै केही सरकारी कार्यालयमा इन्टरनेट सुस्त हुने तथा कहिलेकाहीँ सेवा अवरुद्ध हुने समस्या रहेको स्वीकार गर्नुभयो ।

यस्ता समस्या समाधानका लागि प्राविधिक सुधार तथा व्यवस्थापनका उपायहरू अघि बढाइएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार सिंहदरबार क्षेत्रमा हाल नेपाल टेलिकममार्फत १ जिबिपिएस क्षमताको ब्रोडब्यान्ड सेवा सञ्चालनमा छ भने ‘जी–क्लाउड’का लागि थप २५० एमबिपिएस क्षमताको इन्टरनेट प्रयोग भइरहेको छ ।

तथापि, अप्टिकल फाइबरमा हुने अवरोध, विशेषगरी सडक तथा भौतिक पूर्वाधार निर्माणका क्रममा हुने क्षतिका कारण सेवा प्रभावित हुने गरेको बताइएको छ । यसको दीर्घकालीन समाधानका रूपमा फाइबरलाई सुरक्षित रूपमा भूमिगत गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

यसअघि सेवा निरन्तरता कायम राख्न प्रयोग हुँदै आएको ‘इन्टरनेट रिङ’ प्रणाली कमजोर बन्दै गएको उल्लेख गर्दै त्यसलाई पुनः सुदृढ बनाउने काम अघि बढाइएको पनि जानकारी दिइएको छ ।

साथै, बाह्य इन्टरनेट व्यवस्थापन केन्द्रको जिम्मामा रहे पनि प्रत्येक कार्यालयभित्रको नेटवर्क र सर्भर व्यवस्थापन सम्बन्धित निकायकै जिम्मेवारी हुने भएकाले दक्ष सूचना प्रविधि जनशक्तिको आवश्यकता औंल्याइएको छ ।

सरकारले डिजिटल पूर्वाधार सुदृढ गर्दै सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य लिएको सन्दर्भमा सिंहदरबार क्षेत्रको इन्टरनेट सेवा सुधारका लागि चालिएको यो पहललाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।