१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

भोजपुरमा आगामी वैशाख ६ देखि नवौँ मेयर गोल्डकप हुँदै

भोजपुरमा आगामी वैशाख ६ देखि नवौँ मेयर गोल्डकप हुँदै
अ अ+ अ-

काठमाडौं । आगामी वैशाख ६ देखि १२ गतेसम्म भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा नवौँ संस्करणको ‘मेयर भोजपुर गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

सञ्चालन हुने प्रतियोगिताबारे आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित कुल आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र आकर्षक बनाउन उत्कृष्ट टोलीहरूको सहभागिता सुनिश्चित गरिएको आयोजकले जनाएको छ ।

जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीनकुमार सुवालका अनुसार प्रतियोगिताका विजेताले नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा विशेष पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सातदोबाटो युथ क्लब (ललितपुर), एपिएफ फुटबल क्लब (काठमाडौँ), प्लानिङ ब्वाइज युनाइटेड (काठमाडौँ), एल एक्स सिटी (मोरङ), सङ्खुवासभा–११ (सङ्खुवासभा), केपिलासगढी गाउँपालिका (खोटाङ), द गोर्खाज फुटबल एकेडेमी (उदयपुर) र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घको सहभागिता रहनेछ ।

पुरुषतर्फको प्रतियोगिता सञ्चालनका लागि भोजपुर नगरपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको छ । यसैबीच, वैशाख १७ देखि २० गतेसम्म आठौँ संस्करणको ‘मेयर कप’ महिला फुटबल प्रतियोगिता पनि आयोजना गरिनेछ ।

महिला फुटबल प्रतियोगितामा विजेताले रु एक लाख ६ हजार र उपविजेताले रु ५१ हजार ५५५ नगद पुरस्कार प्राप्त गर्नेछन् । बाहिरबाट सहभागी हुने टोलीहरूलाई तयारी खर्चस्वरूप रु २० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनकै अवसरमा यसअघि सम्पन्न प्रतियोगिताहरूको आय–व्यय विवरण सार्वजनिक गरिएको छ ।