१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागको आठौं दिन यी विभिन्न १५ खेल हुँदै, कुन खेल कहाँ हुँदैछ ?



अ+ अ-

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आठौं दिन आज (आइतबार) विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको आठौं दिन काठमाडौं, पोखरा र जनकपुरमा गरि कुल १५ खेलमा प्रतिस्पर्धा हुने भएको छ । सागमा आइतबार आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।

महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ भने कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ । पदक तालिकामा सातौं दिनसम्म भारतले ११९ स्वर्णसहित अग्रता बनाएको छ । ४३ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

कुन खेल कहाँ ?

बास्केटबल: बास्केटबलमा आज पनि लिग चरणको विभिन्न खेल हुनेछ । आइतबार नेपालले पुरुषमा माल्दिभ्ससँग खेल्ने छन् । महिलामा नेपालले भुटानसँग खेल्नेछ । यस्तै थ्री बाई थ्री बास्केटबलको महिलामा नेपालले श्रीलंका र भारतसँग खेल्नेछ । पुरुषमा नेपालले भारतसँग खेल्नेछ ।

कुस्ती:कुस्तिको खेल जनकपुरमा आइतबार पनि हुनेछ । नेपालले एक स्वर्ण जितिसकेको छ ।

क्रिकेट: क्रिकेट अन्तर्गत महिला क्रिकेटमा आज स्वर्ण पदकको लागि टेष्ट राष्ट्र श्रीलंका र बंगलादेश भिड्दै छन् । नेपालले भने माल्दिभ्सलाई सहजै पराजित गर्दै कास्य पदक जितेको छ ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पुरुष क्रिकेटमा टेष्ट राष्ट्र श्रीलंका यू–२३ र बंगलादेश यू–२३ बीच प्रतिस्पर्धा हुनेछ । लिग चरणको अन्तिम खेल बिहान ११ बजे सुरु हुनेछ । एक खेल अगाबै श्रीलंका र बंगलादेश फाइनल पुगिसकेका छन् । घरेलु टोली नेपाल भने दुवै टेष्ट राष्ट्रसंग पराजित भएको थियो ।

स्क्वास:स्क्वासतर्फ आइतबार महिला पुरुष तथा टिम इभेन्टमा प्रतिस्पर्धा हुँदैछ । सातदाबोटोस्थित स्क्वास हलमा हुने खेलमा नेपालले टिम इभेन्ट तर्फमात्रै खेल्नेछ । अन्य विधामा भने नेपाल यस अघिनै बाहिरिसकेको छ । फाइनल खेलमा भारत र पाकिस्तान भिड्नेछन् ।

फुटबल: पुरुष फुटबलतर्फ आज नेपालले बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको विजेताले फाइनल पुग्ने अर्को टिमको टुंगो लाग्नेछ । भुटान यस अघि नै फाइनल पुगिसकेको छ । त्यसैले आइतबार नेपाललाई फाइनल पुग्न कम्तिमा बराबरीको आवश्यकता हुनेछ । यदि पराजित भएको खण्डमा भने नेपालले कास्य पदकको लागि खेल्नेछ ।

जुडो:
साग अन्तर्गत जुडोको खेल आजबाट सुरु हुँदैछ । आठौं दिनमा आएर सुरु भएको पहिलो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । जसमा नेपालका ४ महिला तथा पुरुषतर्फ ३ खेलाडीले भाग लिनेछन् । खेल त्रिभुवन आर्मी क्लबको शारिरीक तथा प्रशिक्षण केन्द्रमा हुनेछ ।

बक्सिङ:बक्सिङमा आइतबार विभिन्न १४ तौल समूहको सेमिफाइनल खेल हुनेछ । जसमा नेपालले ६ तौल समूहमा प्रतिस्पर्धा गर्नेछ ।

भारोत्तोलन:भारोत्तोलनमा आइतबार पनि विभिन्न स्पर्धा हुनेछ । पोखरामा हुने खेलमा पुरुषको ३ र महिलाको २ स्पर्धा हुनेछ । पुरुष तर्फ १०२ केजी, १०९ केजी र १०९ केजी माथि तौल समुहको खेल हुनेछ । यस्तै महिलामा ८७ केजी र ८७ केजी माथिको तौल समुहका खेल हुनेछ ।

ह्याण्डबल:ह्याण्डबलमा आइतबार अन्तिम दिन स्वर्ण र कास्य पदकको लागि खेल हुनेछ । महिलातर्फको स्वर्णका लागि नेपाल र भारत खेल्ने छन् । पुरुषतर्फ भारतले पाकिस्तानको सामना गर्ने छ । महिलातर्फ कास्यको लागि बंगलादेश र पाकिस्तान भिड्ने छन् । पुरुषतर्फ बंगलादेश र श्रीलंका खेल्नेछन् ।

पौडी:पौडीमा आइतबार विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

आर्चरी:आर्चरीमा आइतबार विभिन्न खेलहरु हुने छ । आइतबार विभिन्न विधामा फाइनल खेल हुनेछ ।

सुटिङ:सागको आठौं दिन सुटिङतर्फ एक मात्रै खेल रहेको छ । सातदोबाटोस्थित सुटिङ हलमा एयर पेस्तोल खेल हुनेछ । दुई चरणमा खेलाईने खेलको फाइनल आइतबार नै हुनेछ ।

फेन्सिङ:फेन्सिङमा आइतबारदेखि टिम इभेन्टका प्रतिस्पर्धा सुरु हुनेछ । फेन्सिङमा अहिलेसम्म भारतले पाँच र बंगलादेशले एक स्वर्ण जितेको छ ।

टेनिस:टेनिसमा आइतबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सातदोबाटोस्थित लनटेनिस कोर्टमा आइतबार विभिन्न स्पर्धाको फाइनल खेल हुनेछ।

बिच भलिबल:बिच भलिबलमा आइतबार सेमिफाइनल र फाइनलका खेलहरु हुनेछन् । महिला र पुरुषमा दुवै तर्फा उपाधिका लागि खेल्ने छन् ।