६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामन्त्रीको परिवारको नाममा साढे २० करोड अचल सम्पत्ति



सस्मित पोखरेल
अ+ अ-

काठमाडौँ। सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बुबा, आमा, मावलीका हजुरआमा र दिदीबहिनीसहितको संयुक्त नाममा सात ठाउँमा गरी करिब रु साढे २० करोडको अचल सम्पत्ति रहेको सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।

उहाँले काठमाडौँ, मोरङ र ललितपुरमा घरजग्गा रहेको उल्लेख गर्नुभएको छ । साथै २५ तोला सुन, सय तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

मन्त्री पोखरेलले आफ्नो बैंक खातामा चार लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात रहेको उल्लेख गर्नुभएको छ । डलर खातामा अमेरिकी डलर पाँच रहेको उल्लेख छ ।

उहाँले बुबा रमेशकुमार पोखरेललगायत परिवारका सदस्यहरूका नाममा पीएमएस होल्डिङ्समा विभिन्न कम्पनीका सेयर करिब ३० लाख रुपैयाँबराबर रहेको उल्लेख गर्नुभएको छ ।

बुबा रमेशकुमारकै राष्ट्रिय बचतपत्रमा ९६ लाख ९० हजार रुपैयाँबराबरको रकम राष्ट्र बैंकबाट निवृत्त हुँदा प्राप्त रकमले सेयर खरिद गरेको उल्लेख छ । आमा मीनाक्षी ओझा पोखरेलको नाममा राष्ट्रिय बचतपत्रमा ५० लाख रुपैयाँ बराबरको सेयर रहेको देखाइएको छ ।

मन्त्री पोखरेलले आफू र आमा मीनाक्षीको नाममा ७५ लाख रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख गर्नुभएको छ । हिमालयन बैंकमा आफ्नो नाममा २५ लाख र माछापुच्छ्रे बैंकमा आमाको नाममा ५० लाख रुपैयाँ कर्जा रहेको विवरणमा जनाइएको छ ।

साथै बुबा र आफ्नो नाममा दुईवटा सवारीसाधन रहेको जनाउनुभएको छ । सम्पत्ति विवरणमा कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख रुपैयाँ रहेको उल्लेख गर्नुभएको छ । रासस