३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने

साहित्यकार श्रवण मुकारुङको ‘सलह’ उपन्यास लोकार्पण

साहित्यकार श्रवण मुकारुङको ‘सलह’ उपन्यास लोकार्पण
अ+ अ-

काठमाडौँ: शनिबार बिहान नेपालयको आरशाला खचाखच थियो । जहाँ कवि तथा गीतकारका रुपमा प्रसिद्ध श्रवण मुकारुङ आख्यानकार अवतारमा अवतरित हुँदै थिए ।

पहिलो आख्यानका रुपमा सलह‘ ल्याएका श्रवण मुकारुङले सुरुमै हलको बाहिर बसेर सुनिरहेकाहरूलाई सम्बोधन गरे ।

लेखक श्रवण मुकारुङले भने, ‘म बाहिर पारिएकाहरूको लेखकसीमान्तको लेखक सबभन्दा पहिला तपाईं बाहिर उभिएर सुनिरहनु भएकाहरूलाई सम्बोधन गर्छु ।’

लोकार्पणमा अग्रिम नाम दर्ता गरेर आउने पाठकहरू र आरशालामै आएर नाम दर्ता गर्ने पाठकहरू धेरै भएपछि आयोजकले पहिलोपटक कफी शपतिरको ढोका खोल्नुपरेको थियो ।

सलह’ लोकार्पण कार्यक्रममा श्रवण मुकारुङ आफ्ना बाबा सम्झेर भावुक भएका थिए । उनले आफ्नो चार दशक लामो साहित्य यात्रा पनि स्मरण गरे । हुन त कवि–गीतकारभन्दा पहिला म निबन्धकार र नाटककार भएको थिएँ । कक्षा ७ मा पढ्दा हुलाकी बन्ने धोको’ निबन्ध र ९ मा पढ्दा अस्तित्व’ नाटक लेखेको थिएँ । काठमाडौँ आएपछि रत्नराज्यलक्ष्मी क्याम्पस पढ्दा पहिलो चोटि मैले आजकल रानीपोखरीमा’ शीर्षकको कविता सुनाएको थिएँ ।’

आफू सुरुदेखि नै साहित्यका विभिन्न विधामा छरिएको बताउँदै मुकारुङले भने, ‘निबन्धनाटककवितागीतकथाचलचित्र हुँदै अहिले म उपन्यास सलह’ लिएर आएको छु । लेखकले छनोट गरेका कतिपय विषयले आफैँ विधाको आग्रह गर्दो रहेछ । यो विषयले नै मलाई उपन्यास सलह’ लेखायो ।’

श्रवण मकारुङले कल्पना र स्मृतिले नै मानिसलाई बचाउने बताए । स्मृतिमा जान खोज्दा पाँच वर्षको उमेरदेखि सम्झिन्छु । हाम्रो परिवार उदयपुरको झोडामा पुगेको थियो । झोडाभित्र हाम्रो झुपडी थियो । टुकीको सानो उज्यालो थियो । ठूलो उज्यालो खोज्ने हुँदा मैले झुपडी नै जलाएको थिएँ । अझ उज्यालो खोज्ने हुँदा अँध्यारो पारेछु ।’

जनआन्दोलन २०६२/०६३ ताका बिसे नगर्चीको बयान’ लेखेर माहौल तताएका साहित्यकार मुकारुङले धेरै उज्यालो खोज्दा अँध्यारो पनि हुन सक्ने भन्दै निकटको आन्दोलनतिर पनि संकेत गरे ।

आफ्ना साथीहरुले तिम्रो कवितामै आख्यानसिनेमानाटक छ भनिदिएको हुनाले आफूले धेरै ढिलो गरी आख्यान लेखेको भन्दै रमाइलो पनि गरे ।

श्रवण मुकारुङ पलेँटी र ई–कवितामार्फत पनि नेपालयसँग जोडिनुभएको छ,’ नेपालयका सम्पादक विमल आचार्यले भने, ‘अब उहाँ लेखकका रुपमा पनि हामीसँग जोडिनुभएको छ । साहित्यलाई विचार र शैली दुवै हिसाबले गरिमामय बनाउने श्रवण मुकारुङको ‘सलह’ले उहाँलाई आख्यानकारका रूपमा पनि स्थापित गर्नेछ ।’

चार दशक लामो साहित्य यात्रामा श्रवण मुकारुङका ‘देश खोज्दै जाँदा’, ‘जीवनको लय’ र ‘बिसे नगर्चीको बयान’ कविता संग्रह, ‘हिउँको दरबार’, ‘सुन रे सियाराम’ गीत संग्रह लगायत प्रकाशित छन् । मुकारुङ पाँच वर्षदेखि नेपालयको साप्ताहिक अडियो कविता शृंखला ई–कविता पनि संयोजन गरिरहेका छन् ।

उपन्यासकार श्रवण मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटासिनेमा निर्देशक रामबाबु गुरुङ तथा श्रीमती गीता थापा मगरलाई उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको थियो ।