३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने

जेलेन्स्कीले युद्धविरामका शर्त स्वीकार नगरेसम्म रुसले युद्धविरामको अवधि लम्ब्याउँदैन: क्रेमलिन

जेलेन्स्कीले युद्धविरामका शर्त स्वीकार नगरेसम्म रुसले युद्धविरामको अवधि लम्ब्याउँदैन: क्रेमलिन
तस्बिर : रोयटर्स
अ+ अ-

मस्को। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका सर्तहरू स्वीकार नगरेसम्म रुसले ‘अर्थोडक्स इस्टर’का लागि युक्रेनसँग जारी युद्धविराम नलम्ब्याउने क्रेमलिनले आइतबार जानकारी गराएको छ ।

क्रेमलिनका प्रवक्ताद्वारा जारी एक अन्तर्वार्तामा युद्धविराम नलम्बिने कुरा उल्लेख गरिएको हो । “दिगो शान्ति तब आउन सक्छ जब हामी हाम्रो हितको रक्षा गर्छौं र हामीले सुरुदेखि नै तय गरेका लक्ष्यहरू प्राप्त गर्छौं। यो आज शाब्दिक रूपमा गर्न सकिन्छ। तर जेलेन्स्कीले यी चिरपरिचित समाधानहरू स्वीकार गर्नैपर्छ,“ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शनिबार भन्नुभएको थियो, “यो अस्थायी युद्धविराम दीर्घकालीन शान्ति प्रक्रियासँग प्रत्यक्ष रूपमा जोडिएको छैन । रुसले यस विषयमा युक्रेन वा संयुक्त राज्य अमेरिकासँग पूर्व छलफल नगरेको र कदमलाई छुट्टै मानवीय पहलका रूपमा प्रस्तुत गरिएको छ।”

पेस्कोभले युक्रेनमा जारी युद्धलाई सङ्केत गर्दै भन्नुभयो, “सहमति अनुसार इस्टरका लागि भएको युद्धविराम अवधि समाप्त भएपछि विशेष सैन्य अभियान जारी रहनेछ । जेलेन्स्कीले यो जिम्मेवारी वहन गर्ने साहस नगर्दासम्म युद्धको विकल्प छैन ।”

क्रेमलिनले जारी गरेको निर्देशन अनुसार रूसी समय शनिबार साँझ ४ बजे (१३०० जिएमटी) देखि आइतबार रातिसम्म ३२ घण्टे युद्धविराम लागु भएको छ । यस अवधिमा सबै मोर्चामा शत्रुतापूर्ण गतिविधि पूर्णरूपमा रोक्न रक्षामन्त्री आन्द्रेई बेलोसोभ र सेना प्रमुख भ्यालेरी गेरासिमोभलाई आदेश दिइएको क्रेमलिनल जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पनि आफ्नो देश इस्टरका अवसरमा युद्धविरामका लागि तयार रहेको र प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिने बताउनुभएको थियो ।  (रासस/एएफपी)