३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने

शम्भूजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अवार्ड

शम्भूजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अवार्ड
अ+ अ-

काठमाडौं: विन्ध्यवासिनी म्यूजिक अवार्ड २०८२ का अवसरमा संगीतरत्न शम्भूजीत बासकोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

नेपाली गीत संगीतका विख्यात व्यक्तित्व संगीतरत्न बासकोटालाई नगद रु १ लाख १ रुपैयाँसहित सम्मानपत्र, ट्रफी, दोसल्ला र मालाद्वारा लाइफटाइभ अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।

शनिबार सम्पन्न १६औं विन्ध्यवासिनी म्यूजिक अवार्डको अवसरमा गायक शिव परियार र गायिका समीक्षा अधिकारी सर्वोत्कृष्ट आधुनिक गायक गायिका घोषित भए । उनीहरुलाई नगद रु. ५ हजारसहित ट्रफी प्रदान गरिएको थियो ।

कला पत्रकारिता सम्मानबाट पत्रकार पवन आचार्यलाई २५ हजार नगदसहित सम्मान अर्पण गरियो । प्रेमध्वज संगीतरत्न सम्मानबाट नगद २५ हजारसहित गायिका रचना रिमाललाई सम्मान अर्पण गरिएको थियो ।

त्यसैगरी गीतकार विजय शिवाकोटीलाई नगद ५० हजार राशिसहित विन्ध्यवासिनी संगीत साधना सम्मान अर्पण गरिएको थियो । त्यस्तै लोकप्रिय गायक पशुपति शर्मालाई नगद २५ हजारसहित झलकमान लोक संगीत सम्मान अर्पण गरिएको थियो ।

सर्वोत्कृष्ट लोकदोहोरी तर्फ गायिका ज्योति मगर र अर्जुन सापकोटाले पुरस्कार प्राप्त गरे ।

सर्वोत्कृष्ट शब्द रचनाको अवार्ड भूपेन्द्र बुढाथोकी तथा सर्वोत्कृष्ट संगीत रचनाको अवार्ड मिर्मिरेमा बासेको भाले गीतबाट शिव हमालले चुम्न सफल भए ।

त्यस्तै दिपक विष्टले सर्वोत्कृष्ट भिडियो सम्पादनको अवार्ड प्राप्त गरे भने बुद्ध थापाले ए आमा जाम भन्यो मलाई गीतबाट सर्वोत्कृष्ट छायाँकारको अवार्ड चुम्न सफल भए । सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडलको अवार्ड गीता ढुंगाना र प्रभातपाल ठकुरीले कता हिन्यौ साइला गीतबाट चुम्न सफल भए । त्यस्तै रितु बोहराले पैसा जोगाउन गीतबाट सर्वोत्कृष्ट नवगायनको अवार्ड चुम्न सफल भएकी थिइन् ।

कार्यक्रमलाई स्वागत गर्दै अवार्डकी अध्यक्ष लीना शर्मा रेग्मीले स्रष्टा कलाकारहरुको सम्मानमा विन्ध्यवासिनी अवार्ड सदैव क्रियाशील र कर्तव्यबोधका साथ लागिपरेको बताएकी थिइन् ।

कार्यक्रममा समीक्षा अधिकारी, सुमन कुमार श्रेष्ठ, अजर जंगम, पशुपति शर्मा, रचना रिमालले गीत प्रस्तुत गरेका थिए भने गुरुआमा फिल्म्सको तर्फबाट गीता ढुंगाना, बबिन सिंह ठकुरी, कविता न्यौपाने, एलिना रायमाझीले नृत्य प्रस्तुत गरेका थिए ।