३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने

३३ अर्बका मेगा प्रोजेक्टले फेरिँदै पोखराको मुहारः अन्तर्राष्ट्रिय साझेदारीमा ठूला पूर्वाधार

३३ अर्बका मेगा प्रोजेक्टले फेरिँदै पोखराको मुहारः अन्तर्राष्ट्रिय साझेदारीमा ठूला पूर्वाधार
अ+ अ-

पोखरा: पोखरा महानगरपालिकामा अहिले ३३ अर्ब रुपैयाँभन्दा बढीका ठूला र गौरवका आयोजनाहरू सञ्चालनमा रहेका छन् ।

मेयर धनराज आचार्यले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायहरूसँगको समन्वयमा पोखरामा ऐतिहासिक विकासका कामहरू शुरु गरिएको बताउनु भयो । प्रमुख आयोजनाहरूमध्ये कोरियन सरकारको सवा २ अर्ब सहयोगमा बन्न लागेको अत्याधुनिक प्रदर्शनी केन्द्र एक हो । यो भवनको डिजाइन पोखराको पहिचान झल्किने गरी ‘घोप्टिएको डुङ्गा’ आकारको हुने मेयर आचार्यको भनाइ छ ।

जुन आफैँमा एउटा पर्यटकीय आकर्षण बन्नेछ । यसले झडै ३ हजार मानिसलाई रोजगारी दिने लक्ष्य राखिएको उहाँले बताउनु भयो । त्यस्तै, कोइकाको झन्डै २ अर्ब सहयोगमा अत्याधुनिक ‘जलन केन्द्र’ अस्पताल निर्माण हुँदैछ । लेखनाथको पुरानो भवन भएको ठाउँमा एशीयाली विकास बैंकको सहयोगमा विपद् व्यवस्थापन केन्द्रको टेण्डर प्रक्रिया शुरु भइसकेको छ । पोखराका सबै तालहरूलाई जोड्ने गरी साइकल लेन निर्माण गर्ने एडीबीकै प्रोजेक्ट अघि बढेको छ भने शान्ति वाटिकामा बोटानिकल गार्डेन बनिरहेको मेयर आचार्यले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ अहिले ३३ अर्ब भन्दा बढिका विभिन्न ठूला परियोजनाहरु पोखरामा शुरु भएका छन् । केही त मेरै कार्यकालमा सकिन्छ भने केही चाँही आधाआधी भएका हुन्छन् । त्यो पनि सबैले खुला रुपमा नै देखिने खालका हुन्छन् । उदाहरणका लागि झन्डै ३ हजार मान्छेलाई रोजगारीमा जोडने खालको हाम्रो प्रदर्शनी केन्द्र बन्दैछ । त्यो पोखराको सिम्बोलको हिसावले घोप्टयाएको डुंगा जस्तो हुनेछ । सायद त्यस्तो बिल्डिङ कहीँ पनि छैन । डिजाईनको हिसावले पनि आफैँमा त्यो विल्डिङ हेर्न लायक छ । त्यसमा कोरियन सरकारको झन्डै सवा दुई अर्बको प्रोजेक्ट हो । त्यसका लागि महानगरपालिकाका ३३ वटै वडामा सय, सय जनाको कम्युनिटी बनाएका छाँै । त्यो प्रोेजेक्टलाई चाहिने इक्वीपमेन्ट दिएका छौँ । अर्को कुरा हामी भिजिट इएर २०२५ मा छौँ हामी । गत वर्ष सो अभियानको शुरु गर्ने बेला बेलुन जलेर म र तत्कालीन अर्थमन्त्री घाइते पनि भयौ । त्यसपछि हामीले कोइकाको झन्डै २ अर्वको सपोर्टमा हामीले जलन केन्द्र नामक अस्पताल बनाउँदैछौँ । त्यसमा नै बेबी केयर सेन्टर वा केही पनि व्यवस्था गर्ने निर्णय गर्न बाँकि छ । तर त्यो काम हुन्छ । त्यसै ठाउँमा विपद व्यवस्थापन केन्द्र एशियाली विकास बैंकको सहयोगमा टेण्डर आह्वान प्रक्रिया शुरु भएको छ । लेखनाथ नगरपालिकाको पुरानो भवन भएठाउँमा त्यो बन्दैछ । पोखरा तालैतालको शहर हो । सबै तालहरुलाई जोडने साईकललेन बन्दैछ । त्यो एडीबीकै प्रोजेक्ट हो । शान्ति वाटिकामा बोटानिकल गार्डेन बन्दैछ । पुरानो बजारलाई हेरिटेज साइट भनेर हनुमानढोकाजस्तो, अथवा बन्दीपुर जस्तो त्यो पोखराको रामकृष्ण टोल गणेशटोल जस्तो त्यसलाई त्यसरी बनाउने गरी त्यसको पनि गुयोजना बनेर कामको योजना शुरु हुँदैछ । पञ्चासे क्षेत्र हाम्रो महत्वपूर्ण क्षेत्र हो । त्यसमा झन्डै सवा अर्बको एउटा रिसर्च सेन्टर बनाउने र त्यसको टु लेन स्टाण्डर्डको बाटो बन्दैछ । अर्को वल्र्ड बैंकको सहयोगमा तालचोक बेगनासको बाटो, सिसाघाट बाटो, कोत्रेदेखि विरौटासम्मको बाटो जुन अहिले करिव सकिने अवस्थामा छन् । आजै जानुभयो भने पनि देख्नुहुन्छ । त्यहाँ झलमल्ल बत्ती बलिरहेको पनि देख्नुहुन्छ । आज पोखरा उज्यालो पोखरा छ । शहरका मुख्यमुख्य चोकहरुमा हाईमाक्र्स बत्ती बलिराखेको छ । उज्यालो पोखरा कार्यक्रम हामीले तीन वर्षअघि नै गरेको हो । यो सबैभन्दा पहिला हामीले नै शुरु गरेको हो । आज पोखरा तपाईंले खनेको देख्नुहुन्छ । मुुख्य बजारको बिजुलीलाई हामीले अण्डरग्राउण्ड गरिराखेका छौँ । यो पनि एडीवीकै प्रोजेक्ट हो । त्यो काठमाडौं, भरतपुर र पोखरा बाहेक अन्यत्र यो प्रोग्राम शुरु भई सकेको छैन ।’

पोखराको पुरानो बजारलाई हनुमानढोका वा बन्दीपुर जस्तै ‘हेरिटेज साइट’ को रूपमा विकास गर्ने गुरुयोजना तयार भएको छ । पञ्चासे क्षेत्रमा सवा अर्बको रिसर्च सेन्टर र टु–लेन स्टान्डर्डको बाटो बन्दैछ । ‘उज्यालो पोखरा’ कार्यक्रम अन्तर्गत शहरका मुख्य चोकहरूमा हाईमास्ट बत्तीहरू जडान गरिएका छन् भने मुख्य बजारको बिजुलीको तारलाई ‘अण्डरग्राउण्ड’ गर्ने काम तिब्र गतिमा अघि बढेको छ ।

विश्व बैंकको सहयोगमा तालचोक–बेगनास, सिसाघाट र कोत्रे–विरौटा सडकहरूको स्तरोन्नति भइरहेको छ, जसले पोखरालाई एउटा आधुनिक र सुरक्षित शहरको रूपमा स्थापित गर्नेछ । —न्युज एजेन्सी नेपाल