४ भाद्र २०८३, बिहीबार
,
Latest
वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, बागमती प्रदेश सरकार निर्माणबारे समीक्षा गर्ने समाज कल्याण परिषद्माथि खगेन्द्र सुनारको प्रश्न : ‘वैदेशिक सहयोगको परिणाम खोइ?’ ‘अख्तियारमाथि कार्यकारी हस्तक्षेप बन्द गरौँ, स्वतन्त्र रूपमा काम गर्न दिऔँ’ इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरान वार्ताप्रति जिम्मेवार दृष्टिकोण अपनाउन रुसको आग्रह



अ+ अ-

काठमाडौँ। रुसी विदेश मन्त्रालयले शुक्रवार अमेरिका र इरानबीचको वार्ताका सहभागीहरूलाई जिम्मेवार दृष्टिकोण अपनाउन र शान्तिको सम्भावनालाई कमजोर पार्ने खालका गतिविधिहरू नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै फारसको खाडीमा व्याप्त तनाव समाधान गर्ने अवसर सिर्जना भएको उल्लेख गरेको छ । धेरैजसो देशहरूले यस प्रक्रियालाई समर्थन गरेको र इस्लामावाद वार्ता सफल हुने अपेक्षा गरेको पनि विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयले शान्ति प्रक्रियामा अवरोध पु¥याउने र बाधा खडा गर्ने शक्तिहरूप्रति चेतावनी दिएको छ । यसमा इरानविरुद्ध आक्रामकता फैलाउने र पछि हर्मुज जलसन्धिमार्फत हुने जहाज ढुवानीमा अवरोध आएको भन्दै तेहरानलाई दोष लगाउने पक्षहरू सामेल रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

विज्ञप्तिमा वर्तमान चरणमा द्वन्द्वको मुख्य कारणहरूलाई सम्बोधन गर्नु नै प्राथमिकता रहेको बताइएको छ । रुसले अमेरिका र इजरायलद्वारा सुरु गरिएको युद्ध अन्त्य गर्न तथा लेबनान–इजरायल सीमा क्षेत्रमा भइरहेको भिडन्त र लेबनानमा भइरहेका हवाई आक्रमणहरू तत्काल रोक्न समेत आह्वान गरेको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल




भर्खरै