४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

घरबासको आकर्षण ‘लाठीनाच’

घरबासको आकर्षण ‘लाठीनाच’
अ+ अ-

नवलपरासी । नवलपरासीपूर्व नवलपुरमा थारु समुदायले सञ्चालन गरेको घरबास पर्यटनको प्रमुख आकर्षण लाठीनाच(लठ्ठीनाच) हुने गरेको छ । लठ्ठीलाई एकार्कामा जुधाएर र घुमाएर नाचिने यो नाच यहाँ आउने पर्यटकका लागि आकर्षण बन्ने गरेको छ ।
यहाँका अमलटारी घरबास, बोटे घरबास, पिप्रहर घरबासलगायतका घरबास पर्यटन चलेको छ । थारु, बोटे, माझी र मुसहर समुदायले सञ्चालन गरेका ती घरबासमा आउने पर्यटकलाई यहाँ प्रस्तुत गरिने लाठीनाच आकर्षण बन्ने गरेको छ । यहाँ सञ्चालित घरबासमा १५/२० जनाको लाठीनाच देखाउने युवाको समूह नै छ । प्रायःजसो घरबासमा आउने पाहुनालाई युवाको समूहले लाठी नाच देखाउने गर्छ ।

समुदायमा हराउँदै जान थालेका विभिन्न परम्परागत कलासंस्कृतिको संरक्षणमा समेत घरबास पर्यटनले भूमिका खेलेको छ । सो समुदायको परम्परागत नृत्य पर्यटक आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ । “हामीले लाठीनाच देखाउँदा पाहुनाहरुले रमाइलो मान्ने गर्नुभयो, स्वदेशी मात्र होइन विदेशी पाहुनाले समेत यो नाचमा आनन्द लिएको महसुस ग¥यौँ, यसले हामिलाई थप हौसला मिल्यो”, अमलटारी घरबास सांस्कृतिक समूहका सदस्य छन्नुराम महतोले भन्नुभयो, “त्यसपछि हामीसँगै नाच देखाउने अन्य धेरै समूह तयार भए ।”

युवाहरु अहिले विभिन्न समूह निर्माण गरी घरबासमा आउने पाहुनालाई लाठीनाच प्रस्तुत मात्रै गर्दैनन्, जिल्लामा हुने अन्य विभिन्न कार्यक्रममा पनि सहभागी हुन्छन् । हेर्नका लागि निकै मनोरञ्जनात्मक हुने हँुदा अहिले जिल्लामा हुने अन्य धेरैजसो कार्यक्रममा लाठीनाच प्रस्तुत गर्ने गरिएको छ ।
लाठीनाच थारु समुदायको संस्कृति संरक्षणका साथै आम्दानीको माध्यम समेत भएपछि यसमा लाग्ने युवाको समूह दिनप्रतिदिन बढ्दै गएको अमलटारी घरबासका व्यवस्थापक धनिराम गुरौंले बताउनुभयो । घरबासमा आउने पर्यटकले रुचिका साथ नाच हेर्न खोजेपछि झण्डै लोप हुने अवस्थामा पुगेका थारु, बोटे, माझी र मुसहर समुदायको संस्कृति संरक्षणमा समेत सहयोग पुगेको उहाँले बताउनुभयो । सो समुदायमा नाचिने झर्रा, मेडरी, ठेकरी, घैला, झाम्टा, डम्फु र झुम्रा नाच मुख्य हुन् । झर्रा, ठेकरा, मेडरी जस्ता नाचमा पनि लाठी नचाउने गरिन्छ ।
झर्रानाचमा ठूला लठ्ठीको प्रयोग हुन्छ र बलपूर्वक जुधाउने गरिन्छ । ठेकरामा सानो बाँसको लठ्ठी जुधाएर नचाउने गरिन्छ । लठ्ठीको केही भाग साना साना चिरा पारिएको हुन्छ र यसलाई जुधाउँदा आवाज निस्कने गर्छ । ठूलाठूला मादल वा ढोलकको तालमा लठ्ठी जुधाउने गरिन्छ ।
प्रायः थारु बस्ती जङ्गल छेउमा हुने हुँदा आफ्नो सुरक्षाका लागि लठ्ठीको प्रयोग गरिथ्यो । आफ्नो सुरक्षसहित जङ्गली जनावरबाट खेतीबाली जोगाउन लठ्ठीको प्रयोग गर्ने गरिएकामा सामान्य तरिकाले सुरक्षा नहुने भएपछि लठ्ठीलाई कसरी कलात्मक र रक्षात्मक रुपमा मजबुत तरिकाले खेलाउन सकिन्छ भनेर लठ्ठी खेलाउने गरिएको हो । पछि यो नाचका रुपमा विकास हुँदै गएको कावासोतीका थारु अगुवा गणेशमान महतोले बताउनुभयो । उहाँका अनुसार पहिला रक्षात्मक रुपमा लठ्ठी चलाउन सिकाउने गरिथ्यो । अहिले यसलाई बाजासँग जोडेर नाच्ने गरिएको छ । बाजाको तालमा लठ्ठी नचाउँदा रमाइलो हुन थालेपछि लाठीनाचको रुपमा विकास भएको छ । ‘स्टिक डान्स’ बाट घरबासमा आउने पाहुनालाई मनोञ्जन प्रदान गर्नाका साथै आम्दानी र सस्कृतिको संरक्षणमा समेत टेवा पुगेको महतोले बताउनुभयो ।