३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

इजरायलको हितलाई प्राथमिकता दिन नसकिने : इरान

इजरायलको हितलाई प्राथमिकता दिन नसकिने : इरान
अ+ अ-

तेहरान।  इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन लागेको वार्तामा इजरायलको हितलाई अमेरिकाले प्राथमिकता दिए कुनै सम्झौता नहुने चेतावनी दिनुभएको छ।

“यदि हामीले ‘इजरायल प्रथम’ को पक्षमा प्रतिनिधिहरूले आवाज उठाएमा इस्लामावादमा कुनै सम्झौता हुनेछैन। हामी अनिवार्य रूपमा हाम्रो प्रतिरक्षालाई पहिलेको भन्दा अझ जोडतोडका साथ जारी राख्नेछौँ र विश्वले ठूलो मूल्य चुकाउनु पर्नेछ,“ उहाँले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा लेख्नुभएको छ। उहाँले थप्नुभयो, “अमेरिका र इरान दुवै पक्ष र विश्वलाई न्याय र फाइदा हुने सम्झौता सम्भव छ।”

संसदका सभामुख मोहम्मद बाकर कलिबाफको नेतृत्वमा रहेको इरानी प्रतिनिधिमण्डल र अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डल मध्यपूर्वमा जारी शत्रुता अन्त्यका लागि वार्ताका लागि पाकिस्तानको इस्लामाबाद आइपुगेपछि उक्त टिप्पणी आएको हो।

फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरान र अन्य धेरै इरानी शहरहरूमा संयुक्त आक्रमण गरे, जसमा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनी, वरिष्ठ सैन्य कमान्डर र नागरिकहरू मारिए। इरानले मध्यपूर्वमा इजरायल र अमेरिकी चासोलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमणको श्रृङ्खला सुरु गरेको छ र स्ट्रेट अफ हर्मुजमाथि नियन्त्रण बलियो बनाएको छ ।

इरान र संयुक्तराज्य अमेरिकाबीच दुई साताको युद्धविराम बुधबारदेखि लागू भएको छ । इजरायलले युद्धविरामले लेबनानमा जारी द्वन्द्वलाई नसमेट्ने बताउँदै आएको छ । इजरायलले बुधबार लेबनानमा एकै दिनमा अहिलेसम्म भएको सबैभन्दा ठूलामध्ये एक आक्रमण गरेको छ, जसमा ३०० भन्दा बढीको मृत्यु भएको छ भने एक हजार १०० भन्दा बढी घाइते भएका छन् ।

शुक्रबार कलिबाफले लेबनानमा युद्धविराम गर्न र अमेरिकासँग वार्ता सुरु हुनुअघि इरानले रोकेको सम्पत्ति मुक्त गर्न माग गर्नुभएको थियो ।

यसअघि शनिबार इरानको अर्धसरकारी समाचार एजेन्सी तस्निमले वासिङ्टन इरानको रोकिएको सम्पत्ति फिर्ता गर्न सहमत भएको र पाकिस्तानमा रहेको इरानी प्रतिनिधिमण्डलले यस विषयमा सुनिश्चित गर्न खोजेको जनाएको थियो । यद्यपि कैयौँ सञ्चारमाध्यमले नाम नखुलाइएका अमेरिकी वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचारको खण्डन गरेका छन् । (रासस/एएफपी)