१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि

‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’

‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ग्रामीण पर्यटन आर्थिक समृद्धिको माध्यम मात्र नभई सामाजिक रूपान्तरणको बलियो आधार भएको बताउनुभएको छ ।

गाउँपर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) को २७औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले सरोकार भएकाहरुको स्पष्ट दृष्टिकोण, आपसी सहकार्य र दृढ प्रतिबद्धताले देशलाई विश्वकै उत्कृष्ट ग्रामीण पर्यटनको गन्तव्यका रुपमा विकास गर्न सकिने बताउनुभयो ।

पर्यटन क्षेत्रको दिगो विकासका लागि पर्यटनमैत्री ऐन–कानुन निर्माणको खाँचो औँल्याउँदै अध्यक्ष दाहालले यसका लागि दीर्घकालीन पर्यटन नीति, लगानी सुरक्षा, स्पष्ट कानुनी संरचना र अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धनका लागि सुदृढ कानुनी आधार आवश्यक भएको बताउनुभयो ।

भिटोफका अध्यक्ष सकुन्तला देवकोटाले मुलुकको ग्रामीण पर्यटनको विकास, विस्तार र प्रवद्र्धनमा मञ्चले सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा ग्रामीण पर्यटन प्रवद्र्धनमा क्रियाशील व्यवसायीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।  रासस