१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि

स्पेनका प्रधानमन्त्रीद्वारा इस्रायलसँगको एशोसिएशन सम्झौता निलम्वन गर्न युरोपेली संघलाई आह्वान

स्पेनका प्रधानमन्त्रीद्वारा इस्रायलसँगको एशोसिएशन सम्झौता निलम्वन गर्न युरोपेली संघलाई आह्वान
अ अ+ अ-

काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले लेबनान र गाजामा अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लंघन भएको भन्दै इजरायलसँगको एशोसिएशन सम्झौता निलम्वन गर्न युरोपेली संघसँग माग गर्नुभएको छ ।

उहाँले युरोपेली सुरक्षाका लागि तत्काल छुट्टै सेनाको आवश्यकता औंल्याउनुका साथै लेबनानमा भइरहेको मानवीय संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो ।

यसका साथै, स्पेनिस नेताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाटो छोड्ने धम्कीको प्रतिक्रिया स्वरूप १० वर्ष वा २ वर्षमा होइन, अहिले नै युरोपेली सेना निर्माण गर्न आह्वान समेत गर्नुभयो ।

यसअघि, स्पेनका विदेशमन्त्री जोसे म्यानुएल अल्बारेसले पनि लेबनानमा इजराययली आक्रमणको कडा आलोचना गर्नुभएको थियो । सान्चेजले यो टिप्पणी इस्रायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले स्पेनमाथि इजरायलसँग कुटनीतिक युद्ध छेडेको आरोप लगाएपछि गर्नुभएको हो ।

विश्व स्वास्थ्य संगठन र अन्य मानवीय निकायहरूको तथ्याङ्कअनुसार, लेबनानमा इजरायलको आक्रमणबाट १ हजार ७ सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने झन्डै ६ हजार जना घाइते भएका छन् । देशको जनसंख्याको करिब पाँचौँ हिस्सा, अर्थात् १० लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन् । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल