२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत विरूद्धकाे दाेस्राे टी२० मा वेस्ट इन्डिज विजयी, लयमा फर्किदै वेस्ट इन्डिज



अ+ अ-

भारत र वेस्ट इन्डिजबीच आइतबार साँझ भारतको थिरुवन्तपुरममा सम्पन्न दोस्रो टी२० क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिज ८ विकेटले विजयी भएको छ । भारतले प्रस्तुत गरेको १७१ रनको लक्ष वेस्ट इन्डिजले १८.३ ओभरमै पूरा गरेको थियो । वेस्ट इन्डिजको जितमा प्रारम्भिक ब्याट्सम्यान लेन्डल सिमन्सले अविजित ६७ रन महत्वपूर्ण रह्यो । वेस्ट इन्डिजका लागि एभिन लेविसले ४०, सिमरन हिटमाएरले २३ तथा निकोलास पूरानले अविजित ३८ रन बनाएका थिए ।

यो जितसँगै तीन खेलको शृंखला १ – १ को बराबरीमा आइपुगेको छ । अब दुबै टिमबीच डिसेम्बर ११ मा तेस्रो तथा अन्तिम टी२० खेल हुनेछ ।

टस हारेर पहिले ब्याटिङको निम्ता पाएको भारतले ७ विकेटको क्षतिमा १७० रन बनाएको थियो । भारतका लागि शिवम दुबेले सर्वाधिक ५४ रन बनाएका थिए । भारतका लागि रोहित शर्माले १५, केएल राहुलले ११, विराट कोहलीले १९, रिसभ पन्तले ३३ (नटआउट), श्रेयस ऐयरले १०, रविन्द्र जडेजाले ९ र वासिंगटन सुन्दर ० रनमा आउट भएका थिए ।