३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि

उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी पुरस्कृत

उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी पुरस्कृत
अ+ अ-

काठमाडौं । ललितपुरको कृष्ण मन्दिर क्षेत्रमा भएको हत्या प्रकरणमा साहसिक भूमिका निर्वाह गर्ने प्रहरी जवान शाहाना बोहरा पुरस्कृत भएकी छन्।

चैत्र २५ गते ललितपुर कृष्ण मन्दिरमा सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको बीभत्स हत्या गरी हतियारसहित फरार हुँदै गरेका अभियुक्तहरूलाई एक्लै लखेटेर नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत प्रहरी जवान बोहराको साहसिक कार्यको उच्च मूल्याङ्कन गर्दै उनलाई नगदसहित सम्मान गरिएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले विशेष प्रशंसास्वरूप बोहरालाई नगद पुरस्कार प्रदान गरेका हुन्।

प्रहरी परिसरका अनुसार जटिल र जोखिमपूर्ण परिस्थितिमा देखाएको साहस, व्यावसायिकता तथा कर्तव्यनिष्ठाको कदर गर्दै बोहरालाई पुरस्कृत गरिएको हो। प्रहरी संगठनभित्र उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सम्मान प्रदान गरिएको परिसरले जनाएको छ।