३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो
अ+ अ-

काठमाडौं । बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडादर वृद्धि कार्यान्वयनमा आएको छ । प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्णयअनुसार पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर राजपत्रमा सूचना प्रकाशन भएसँगै लागू गरिएको हो ।

प्रदेश भाडा निर्धारण तथा समायोजन सम्बन्धी नियमावली, २०७८, बजार मूल्यको उतारचढाव तथा प्रचलित आर्थिक ऐनलाई आधार बनाएर यसअघि २०८० भदौ ७ गतेदेखि लागू भाडादर पुनरावलोकन गरी नयाँ दर निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा २५.९६ प्रतिशतले वृद्धि गरिएको छ । त्यस्तै, पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सी सेवामा १२.३९ प्रतिशत, उपत्यका बाहिरका यात्रुवाहक सवारीमा १७.३५ प्रतिशत तथा मालवाहक सवारी साधनमा २६.७९ प्रतिशतले भाडा बढाइएको छ ।

यद्यपि, विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी तथा ट्याक्सी सेवाको भाडा भने यथावत राखिएको छ । ती सवारी साधनमा २०७९ वैशाख १ गतेदेखि लागू भाडादर नै कायम रहने मन्त्रालयले स्पष्ट पारेको छ ।

भाडा समायोजनअघि सरोकारवाला पक्षसँग व्यापक छलफल गरिएको थियो । सो क्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघ का अध्यक्ष राजेन्द्र विक्रम बाँनिया र महासचिव बद्री प्रसाद चौलागाईं सहितको टोली मन्त्रालय पुगेको थियो । उनीहरूले इन्धन मूल्य वृद्धि, सञ्चालन खर्चमा भएको बढोत्तरी तथा ढुवानी क्षेत्रमा परेको दबाबका कारण भाडा समायोजन आवश्यक रहेको धारणा राखेका थिए ।

उक्त बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौला तथा सार्वजनिक यातायात व्यवसायी महासंघका अध्यक्ष डोलनाथ खनाल लगायत अन्य पदाधिकारी तथा सदस्यहरूको समेत सहभागिता रहेको थियो ।

सरकारले बढ्दो इन्धन मूल्य, सञ्चालन लागत र व्यवसायीको दबाबलाई मध्यनजर गर्दै भाडादर समायोजन गरिएको जनाएको छ ।