९ भाद्र २०८३, मंगलवार
,
Latest
मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूबी कुमारी अत्यधिक मतसहित उपसभामुखमा निर्वाचित



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रूबी कुमारी  निर्वाचित भएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डिपी अर्यालले रूबी कुमारी ठाकुर उपसभामुख पदमा बहुमतबाट निर्वाचित भएको घोषणा गरेका थिए ।

उपसभामुख चयनका लागि भएको मतदानमा रूबी कुमारीले २२९ मत पाएकी थिइन् । विपक्षमा ५ र मत दिन्न भन्नेमा २२ मत परेको थियो । मतदानमा  २५५ उपस्थित थिए ।

राप्रपाकी उम्मेदवार सरस्वती लामाले ५ मत प्राप्त गरेकी थिइन् ।

संविधानमा विपक्षी दलका तर्फबाट सभामुख चयन हुने व्यवस्था छ । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सहित प्रतिपक्ष दल नेपाली काग्रेस  र नेपाली कम्युनिष्ट पार्टीले पनि समर्थन जनाएका थिए, तर नेकपा एमाले भने मतदानमा सहभागी भएन ।

रास्वपा र श्रम संस्कृति पार्टीका सदस्य संख्या दुइ तिहाइ रहे पनि राप्रपाले अन्तिम समयमा पनि उम्मेदवारी फिर्ता नलिए पछि मतदान प्रकृयामा गएको थियो । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देशभित्र वैदेशिक हस्तक्षेप बढेको अवस्थामा उम्मेदवारी फिर्ता नलिने बताएका थिए ।

नेपालको संविधानमा उपसभामुख पदलाइ निकै महत्वका साथ लिइन्छ । संविधान बमोजिम गठन हुने संवैधानिक परिषदमा उपसभामुख पनि रहने व्यवस्था छ । यस परिषदले राज्यका महत्वपूर्ण संवैधानिक पदहरूमा नियुक्ति सिफारिस गर्दछ ।