९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुम नेपाल सार्वजनिक: नेपालमै बनेको ट्राभल बुकिङ प्लेटफर्म, स्थानीय पर्यटन प्रवर्द्धनमा जोड



अ+ अ-

काठमाडौं । नेपालमै विकसित ट्राभल बुकिङ प्लेटफर्म घुम नेपाल (ghumNepal) सार्वजनिक गरिएको छ। स्थानीय पर्यटन प्रवर्द्धन, नेपाली आतिथ्यताको विस्तार तथा समुदायलाई सशक्त बनाउने उद्देश्यसहित प्लेटफर्म सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार घुम नेपालमार्फत यात्रुहरूले देशभरका होमस्टे, अपार्टमेन्ट, सम्पूर्ण घर, होटल तथा विभिन्न स्थानीय अनुभव सहज रूपमा बुक गर्न सक्नेछन्।

प्लेटफर्ममा प्रमाणित होस्ट तथा अतिथि, सुरक्षित बुकिङ प्रणाली, स्वदेशी तथा अन्तर्राष्ट्रिय भुक्तानी सुविधा, रियल–टाइम क्यालेन्डर समन्वयलगायत सुविधा समावेश गरिएको जनाइएको छ। यसले आवास व्यवसायीलाई दोहोरो बुकिङको समस्या न्यूनीकरण गर्न तथा व्यवस्थापन सहज बनाउन सहयोग गर्ने कम्पनीको दाबी छ।

घुम नेपाल नेपाली सफ्टवेयर इन्जिनियरहरूले विकास गरेको प्लेटफर्म हो। कम्पनीका अनुसार यो AWS cloud ecosystem मा आधारित रहेकाले उच्च सुरक्षा, स्थिरता तथा निरन्तर सेवा सुनिश्चित गरिएको छ। प्रयोगकर्ता डाटाको सुरक्षाका लागि इन्क्रिप्सनसहित सुरक्षित डिजिटल प्रणाली अपनाइएको बताइएको छ।

कम्पनीका मुख्य साझेदारहरू नेपाल, अमेरिका र बेलायतमा आधारित नेपाली प्रविधि व्यवसायीहरू रहेको तथा उनीहरूको संयुक्त अनुभव ५० वर्षभन्दा बढी रहेको जानकारी दिइएको छ।

यस प्लेटफर्मको नेतृत्व प्रबन्ध निर्देशक रजेन काजी श्रेष्ठले गरिरहेका छन्। कम्पनीका अनुसार उनीसँग प्रविधि तथा विज्ञापन क्षेत्रमा १४ वर्षभन्दा बढी अनुभव रहेको छ।

लन्च अफरअन्तर्गत नयाँ प्रयोगकर्ताले पहिलो बसाइमा NPR 1000 छुट प्राप्त गर्न सक्नेछन्। छुटका लागि FIRSTSTAY कुपन कोड प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीले घुम नेपाललाई केवल बुकिङ प्लेटफर्मका रूपमा नभई स्थानीय समुदाय, आन्तरिक पर्यटन र नेपाली प्रविधि प्रतिभालाई प्रवर्द्धन गर्ने अभियानका रूपमा अघि बढाउने लक्ष्य राखेको जनाएको छ।