२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोरा ओछ्याएर पढ्दै विद्यार्थी



अ+ अ-

गौशाला । चिसो बढ्दै गएकोले महोत्तरीको गौशाला नगरपालिकाका दुई विद्यालयका विद्यार्थी बोरा ओछ्याएर पढ्न बाध्य भएका छन् । विद्यालयको कक्षाकोठाभित्र आवश्यक मात्रामा बेन्च-डेक्सको व्यवस्था नभएपछि विद्यार्थीह घरबाटै ल्याएको बोरा भुइँमा बिछ्याएर पढ्नुपर्ने बाध्यता रहेको छ ।

गौशाला नगरपालिका–६ फुलकाहाको जनता आधारभूत विद्यालयका बालकक्षादेखि कक्षा २ सम्मका विद्यार्थी र गौशाला नगरपालिका–७ मनहर्वामा रहेको नेपाल राष्ट्रिय जनजाति प्राथामिक विद्यालयका शिशुकक्षादेखि कक्षा १ सम्मका विद्यार्थी भुइँमा बसी पढ्न बाध्य भएका छन । जनता अधारभूत विद्यालयका ५८ विद्यार्थी आ–आफ्ना घरबाटै बोरा ल्याएर पढ्दै आएका छन् ।

कार्पेटका लागि बारम्बार नगरपालिकामा गएर जानकारी गराउँदासमेत कहीँकतैबाट समाधानका लागि पहल नभएको विद्यालयका प्रधानाध्यापक विश्वेश्वरप्रसाद साहले बताउनुभयो । प्रधानाध्यापक साहका अनुसार तत्काल बेन्च–डेक्सको व्यवस्था नभएसम्मका लागि कक्षाकोठामा कार्पेटको व्यवस्थापनका लागि आफू लागिपरेको तर प्रयास सफल हुन नसकेको बताउनभुयो । फुटेको टालीले छाएको सो कक्षाकोठामा अवस्था अति नै जीर्ण भए तापनि मर्मतसम्भारका लागि आफूले चाहेर पनि केही गर्न नसकेको प्रधानाध्यापक साहले जानकारी दिनुभयो ।

त्यस्तै नेपाल राष्टिय« जनजाति प्राथमिक विद्यालय मनहर्वामा शिशुकक्षामा अध्ययनरत विद्यार्थी पनि भुइँमा नै बोरामा बसी अध्ययन गर्दै आएका छन् । प्रधानाध्यापक द्रौपदीदेवी यादवका अनुसार केही विद्यार्थीका लागि कक्षाकोठामा कार्पेट ओछ्याएता पनि अपुग भएपछि बाँकी विद्यार्थी घरबाटै ल्याएको बोरामा पढ्दै आएका छन् ।

यस सम्बन्धमा गौशाला नगरपालिकाका शिक्षा शाखाले अबको केही दिनमा नै त्यहाँको विद्यालयमा भौतिक पूर्वाधारका लागि व्यवस्थापन गरिने जनाएको छ । नगरपालिकाले त्यस्ता विद्यालयमा उचित भौतिक पूर्वाधारको व्यवस्था तत्कालै गर्नुपर्ने नेपाल शिक्षक महासङ्घ गौशालाका सचिव सुमितकुमार साहले बताउनुभयो । कूल ३२ सामुदायिक विद्यालय रहेको गौशाला नगरपालिकाको अधिकांश विद्यालयको भौतिक पूर्वाधारको अवस्था अत्यन्त नाजुक रहेको सचिव साहले बताउनुभयो ।