१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

पोर्चुगलमा नेपाली संघ–संस्था एकजुट, सहकार्य र समन्वय बढाउने साझा प्रतिबद्धता

पोर्चुगलमा नेपाली संघ–संस्था एकजुट, सहकार्य र समन्वय बढाउने साझा प्रतिबद्धता
अ अ+ अ-

काठमाडौं । पोर्चुगलस्थित नेपाली संघ–संस्थाबीच आपसी सहकार्य, समन्वय र संस्थागत सुदृढीकरणलाई मजबुत बनाउने उद्देश्यसहित संयुक्त रूपमा अघि बढ्ने सहमति भएको छ।

लिस्बनमा आयोजित सर्वपक्षीय बैठकले नेपाली समुदायबीच एकता अभिवृद्धि गर्दै साझा मुद्दामा मिलेर काम गर्ने निर्णय गरेको हो।

सुजन लामा मोकतानको अध्यक्षतामा बसेको उक्त बैठकका बारेमा जानकारी दिँदै गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका सचिव सुरज भण्डारीले समुदायसँग सम्बन्धित विभिन्न विषयमा गहन छलफल भएको र आगामी दिनमा संयुक्त पहलमार्फत अघि बढ्ने सहमति भएको बताए ।

बैठकमा विभिन्न संघ–संस्थाका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा स्वागत गरिएको थियो। साथै, समुदायका साझा समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार र समन्वयात्मक रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिइएको छ।

बैठकले लिस्बनस्थित नेपाली दूतावाससँग सहकार्य सुदृढ गर्दै विशेषगरी नेपाली कामदारहरूले भोग्दै आएको प्रहरी चारित्रिक प्रमाणपत्रसम्बन्धी समस्यालाई गम्भीर रूपमा उठाउने निर्णय गरेको छ।

पहिलो पटक कागजात पेश गर्ने नेपालीहरूका लागि दूतावासबाट जारी गरिने डिक्लेरेशन निःशुल्क उपलब्ध गराउन अनुरोध गर्ने सहमति समेत भएको जनाइएको छ।

त्यस्तै, गैरआवासीय नेपाली संघ पोर्चुगललाई एकीकृत छाता संगठनका रूपमा थप सुदृढ बनाउने र त्यहाँ सक्रिय सबै संघ–संस्थाले रचनात्मक तथा समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

विदेशमा नेपाली धर्म, संस्कृति, चाडपर्व तथा परम्परागत रीतिरिवाजहरूको संरक्षण र प्रवर्द्धनका लागि संयुक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै, विपद् वा आकस्मिक अवस्थामा प्रभावित नेपालीहरूलाई नैतिक, आर्थिक तथा सामाजिक सहयोग उपलब्ध गराउन संस्थाबीच सहकार्य गर्ने सहमति भएको छ।

बैठकले स्थानीय निकाय, सम्बन्धित संस्था तथा अग्रज व्यक्तित्वहरूसँग सहकार्य गर्दै पोर्चुगलस्थित नेपाली समुदायलाई संस्थागत गतिविधिमा समावेशी रूपमा सहभागी गराउने विषयमा पनि जोड दिएको छ।

यसका साथै, दूतावाससँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै समुदायलाई एकताबद्ध गर्ने र सक्रिय सहभागिता सुनिश्चित गर्ने लक्ष्यसहित आगामी कार्यक्रमहरू सञ्चालन गरिने निर्णय गरिएको छ।

बैठकले यी निर्णयहरूले पोर्चुगलस्थित नेपाली समुदायबीच एकता, सहकार्य र संस्थागत मजबुतीका लागि महत्वपूर्ण आधार तयार पार्ने विश्वास व्यक्त गरेको छ।