१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार गर्ने साना-ठूला माछा कसैलाई छोडिदैन : उपप्रधानमन्त्री पोखरेल



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट नदिने प्रतिवद्धता जनाउनुभएको छ ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवशरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरलेले ठूला माछा र साना माछाको प्रशंग चल्ने गरेको बताउँदै भ्रष्टाचारमा संलग्न जुनसुकै व्यक्तिले पनि छुट नपाउने प्रतिवद्धता जनाउनुभएको हो । ‘भ्रष्टाचारका सवालमा ठूला माछा र साना माछाको प्रशंग चल्छ । जुनसुकै पद र ओहोदामा बसेको व्यक्ति भएपनि भ्रष्टाचारमा संलग्न भए कोही पात्र पनि छुट पाउने छैन् । छुट दिइने छैन् । यो प्रतिवद्धता हो’, उहाँले भन्नुभयो ।

उहाँले राजनीतिको संरक्षणमा त्यस्ता कर्महरु हुन्छन् भने तिनिहरुले छुट नपाउने कुरामा विश्वस्त हुन आग्रह समेत गर्नुभएको छ । भ्रष्टाचारीहरुलाई राजनीतिको संरक्षण हुने गरेका÷भनिएका कुनै पनि भ्रष्टाचारजन्य कामहरुले छुटन नपाउने उहाँले बताउनुभयो । जुनसुकै तहमा रहेको राजनीतिक नेतृत्वबाट भ्रष्टाचारजस्तो दुस्कर्म भएको भेटिए दण्डनिय हुने पोखरेलले बताउनुभयो । भ्रष्टाचारले नियमित, आकस्मिक र सामाजिक जीवनलाई तहसनहस गर्ने बताउँदै उहाँले त्यस्ता कार्यमा संलग्न व्यक्तिले कुनै न कुनै रुपले दुस्परिणाम भोग्ने कुरा सत्य भएको बताउनुभयो ।

भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदमा रहेका व्यक्तिहरुले आफु पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने संकल्पलाई व्यवहारमा रुपान्तरण गरेमात्रै दिवस मनाउनुले सार्थकता पाउने पोखरेलले बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले सरकारी, गैह्र सरकारी, नीजि क्षेत्रहरुले सचेतना अपनाएर भ्रष्टाचारीलाई निरुत्साहन र सदाचारीर्लाइ प्रोत्साहन गर्न सकेमा सुखी र समृद्ध भविष्यको आधारशिला निर्माण हुने बताउनु